ग्रीनविच यु.के.नदीपुर भलिवल च्याम्पियन

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७६
Greenwitch Uk, Winner Nadipur Volleyball

पोखरा । ग्रीनविच युके सातौं संस्करणको नदिपुर भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पुन युनाइटेड क्लव नदीपुरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न फाइनलमा घान्द्रुकको टोलीलाई हराउँदै ग्रीनविच यु.के.च्याम्पियन बनेको हो ।

नदीपुरस्थित कार्पाकेली भवनको भलिवल कोर्टमा शनिबार भएको फाइनल खेलमा ग्रीनविचले घान्द्रुकको टोलीलाई पराजित गर्दै १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रको पुरस्कार हात पार्न सफल बन्यो । उपविजेत ा बनेको घानद्रुकको टोलीले ७० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

यस्तै, महिलातर्फ भएको खेलमा दोवा समाजको टोलीले उपाधिसहित ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्रको पुरस्कार जित्न सफल भएको छ । उपविजेता अर्चलबोटले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रौढतर्फको उपाधि भने पृथ्वीचोक भेट्रान्सले जितेको छ । पृथ्वीचोकले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै, दोश्रो हुने टोली अर्घौं समाजले २० हजार, शिल्ड, ट्रफी र प्राप्त ग¥यो ।

प्रतियोगिता संयोजक चन्द्रबहादुर पहरे पुनमगर, अध्यक्ष शिव पाइजा, ज्ञान पुर्जा, दूधबहादुर राम्जालीलगायतले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width