वृद्धको जलेर मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
fire

पोखरा, १० फागुन । स्याङ्जाको बिरुवा गाउँपालिका–४ घोप्टेको गोठमा आगलागीहुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।खरले छाएको कच्ची गोठमा लागेको आगलागीमा परी बिरुवा गाउँपालिका–४ घोप्टे निवासी ८२ वर्षीय जितबहादुर गुरुङको मृत्यु भएको हो ।

शुक्रवार राति १० .०० बजे आगलागीहुँदा गोठमा सुतिरहेका गुरुङको जलेर मृत्यु भएको हो । गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । गोठमा गाईबस्तु नभएका कारण अन्य क्षेति हुन भने नपाएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान अगाडि वढाइएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width