नमूना टोलको अधिवेशन सम्पन्न

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
namunna tole

पोखरा, १० फागुन । पोखरा–१७ स्थित नमूना टोल सुधार संस्थाको अधिवेशन सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा उपसभामुख सृजना शर्माले शनिवार उक्त अधिवेशनको उद्घाटन गरेकी हुन् । समाजमा रहेका सवै खालका विकृति विसंगतीलाई हटाई सम्मृद्धि समाज निर्माण गर्न समाजिक संस्थाहरुको भूमिका महत्वपुर्ण रहेको वताउदै सवै सरोकारवाला यस कार्यमा जुट्नु पर्ने वताइन् ।

सुखी नेपाली संमृद्ध नेपालको अभियान साकार वनाउन सवै तहका सरकार लागिरहेको वताइन् । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मना केसीले सुकुम्वासीहरुको चाहना लालपुर्जा रहेको वताउदै वर्तमान सरकारले साकार वनाउने वताइन् । कार्यक्रममा नेपाली काग्रेस पोखरा १७ का सभापनि देवराज आचार्यले समाजलाई परिपर्वन गर्न टोलवासीको प्रयास रहेको वताउदै टोलहरुलाई नमूना वनाउनु पर्ने वताए कार्यक्रममा समाजसेवी रुद्र खत्री , सुवास ढुङगाना प्रकाश शर्मा, लगायतले शुभकामना राखेका थिए । कार्यक्रम नमूना टोल विकास संस्थाका अध्यक्ष पुण्यप्रसाद उप्रेतीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width