कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

दुईदिने सुरक्षा गोष्ठी शुरु

rss रासस
फागुन १०, २०७६

Minister of Home Affairs Ram Bahadur Thapa addressing journalists on the last day of the provincial level two-day security meeting of Province 3, in Hetauda,on Wednesday, April 17, 2019. Photo: THT

हेटौँडा, १० फागुन । गृहमन्त्रालयद्वारा आजदेखि यहाँ वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी शुरु भएको छ । सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता वितरण, पासपोर्ट वितरण, अपराध नियन्त्रणका लागि विभिन्न उपाय, चीन र नेपालको सिमानासम्बन्धी समस्या समाधानका लागि समीक्षा गर्ने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

उक्त गोष्ठीमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका उच्चस्तरीय सुरक्षा अधिकृतको सहभागिता रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै जिल्लाका प्रजिअ, जनपथ र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका गणपतिको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय जनाएको छ । गृहमन्त्री रामबहादुर थापा आइतबार सुरक्षाका प्रमुखलाई निर्देशन दिनुहुने भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मट्टेलले बताए ।

हाम्रो सुझाव