जीप दुर्घटनामा चालक घाइते

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
accident magdi

म्याग्दी । बेनी नगरपालिका २, हाँडेभिरबाट जीप पल्टिँदा १ जना घाइते भएका छन् । बगरफाँटतर्फ जाँदै गरेको जीप सडकबाट खोलामा खसेको हो ।ग.१ ज. ६७९८ नम्बरको टाटा सुमो पल्टिँदा चालक बगरफाँटकै ३६ वर्षीय डम्मर श्रीसमगर घाइते भएका म्याग्दी प्रहरीले जनाएको छ ।

श्रीसको बेनीमा सामान्य उपचारपछि पोखरा रेफर गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरले जानकारी दिए । जीप सडकदेखि करिब ९० मिटर तल म्याग्दी खोलामा खसेको थियो । खोलाले बगाइरहेको अवस्थामा श्रीसलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि पठाइएको हो । कच्ची सडक र चालकको लापरबाहीको कारण अनियन्त्रित भइ चिप्लिएर जीप खसेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width