‘संस्थानको सेवा उपभोक्तामैत्री बन्नुपर्छ’

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
pani

पोखरा। नेपाल खानेपानी संस्थान सञ्चालक समिति अध्यक्ष जीउलाल चौधरीले संस्थानले दिने सेवा उपभोक्तामैत्री हुनुपर्ने बताएका छन् । पोखरा शाखामा आयोजित ब्याडमिन्टन खेलका सामग्री हस्तान्तरण सभामा चौधरीले उक्त भनाइ राखेका हुन् ।पोखराका ३ वटै शाखाका प्रमुखलाई खेल सामग्री हस्तान्तरण गर्दै उनले स्वास्थ्य कर्मचारीले स्वच्छ सेवा दिन सक्ने बताए ।

चौधरीले पोखरा शाखाका प्रमुख आशीष कार्की, सेतीपारी शाखाका प्रमुख रोकश गोइत र हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादवलाई ब्याट, कक र नेट हस्तान्तरण गरेका हुन् ।उनले नमिलेका तथा ऐन, विनियममा सुधार गर्नुपर्ने विषयमा क्रियाशील भएर सुधार गर्नतर्फ लाग्ने बताए । उपभोक्ताको हितमा संस्थान सधैँ रहेको बताउँदै कर्मचारीले प्रभावकारी सेवा दिन निर्देशन दिए । अध्यक्ष चौधरीले मन्त्रालयको योजना अनुरुप देशभरका नागरिकलाई स्वच्छ खानेपानी उपलव्ध गराउने नीति अन्तर्गत संस्थानको कार्यक्षेत्रका नागरिकलाई स्वच्छ पिउने पानी वितरण गरिँदै आएको उल्लेख गरे ।

पोखरा शाखाका प्रशासन प्रमुख दीपेश्वर मण्डलको अध्यक्षतामा भएको सभामा नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख इ. आशीष कार्कीले कर्मचारीको एकतामा खेलले उर्जा थप्ने बताए ।
शाखाका कम्प्युटर अपरेटर विक्रम बरुवालले खेलको नियमबारे जानकारी गराएका थिए । संस्थान सेतीपारी शाखाका प्रमुख इ. राकेश गोइतले अन्तर कार्यालय केन्द्रित प्रतियोगिता गर्न कर्मचारीलाई आग्रह गरे । प्रमुख गोइतले प्रधान कार्यालयको नीति र योजनामा सबै कर्मचारी हिड्नु पर्ने भन्दै उपभोक्ताको सेवामा कर्मचारीले कुनै कसर राख्न नहुने बताए ।

कार्यक्रममा नेपाल खानेपानी संस्थान हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादवले खेलले जीवनलाई सकारात्मक उर्जा दिने भन्दै निरन्तरता दिन आग्रह गरे । प्रमुख यादवले सबै कर्मचारीको मन र मस्तिस्क सेवामुखी हुनुपर्ने भन्दै कार्यालयलाई घर सम्झन अनुरोध गरे । शाखा कर्मचारी केदार धमलाले सञ्चालन गरेको खेल सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी कर्मचारीले ब्याडमिन्टन खेललाई प्रतियोगितामा बदल्नु पर्ने सुझाव दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width