लिग च्याम्पियन मच्छिन्द्र सताक्षी गोल्डकपको फाइनलमा

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७६
Machchhindra Club, Satashidham Gold Cup

झापा । मच्छिन्द्र फुटबल क्लब सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा शुक्रबार भएको तेस्रो संस्करणको सताक्षी गोल्ड कपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधिका लागि फाइनलमा स्थान बनाएको हो ।

मच्छिन्द्रको जितमा रेजिन सुब्बाले एक गोल गरे । आर्मीका विकास खवासले एक आत्मघाती गोल गरे । लिगको उपविजेता आर्मीविरुद्ध मच्छिन्द्रले दुवै हाफमा १/१ गोल गरेको थियो । खेलको २१ औं मिनेटमा रेजिनले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । त्यसपछि खेलको ७४ औं मिनेटमा विकासले आत्मघाती गोल गरेपछि मच्छिन्द्र फाइनल पुगेको हो ।

यससँगै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको एक साता नबित्दै मच्छिन्द्रले अर्को प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ । अब मच्छिन्द्रले उपाधिका लागि थ्रीस्टार क्लबसँग आइतबार फाइनल खेल्नेछ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले फाइनलमा स्थान बनाइसकेको छ ।

सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख पाउनेछन् । प्रतियोगिताका ‘म्यान अफ दी टुर्नामेन्ट’ले ५० हजार र हाइस्कोररले २५ हजार पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले समान २०/२० हजार पुरस्कार पाउनेछन् ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width