पोखरामा कार दुर्घटना, १ को मृत्यु, ३ घाइते

Avatar आदर्श समाज सम्वाददाता
फागुन ९, २०७६

पोखरा, ९ फागुन । सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा–२२ पुम्दीभुम्दी स्थित कालीमाटीमा शुक्रवार दिउसो मा परी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते छन् ।

स्याङ्जाबाट पोखरातर्फ आउँदै गरेको ग.१ च. ७७६३ नम्बरको कार शुक्रबार साझँ ५ बजेतिर दुर्घटना हुँदा कारमा सवार पोखरा–१७, बेलघारी निवासी २१ वर्षीया जमुना क्षेत्रीको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बताए ।

दुर्घटनामा घाइते भएका उनका नावालक बच्चाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको नायव उपरीक्षक केसीले जानकारी दिए ।त्यस्तै घाइते हुनेमा तनहुँको बन्दीपुर घई हाल पोखरा १७ बस्ने २१ वर्षीया वीना थापामगर र उनका ४ वर्षीय छोरा अनिल थापा छन् । उनीहरुको भने नमस्ते अस्पताल बिरौटामा उपचार भइरहेको छ ।

गुल्मी घर भएका कारचालक २८ वर्षीय शिव पाण्डे भने सामान्य छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । तीव्रगतिमा रहेको सो कार सडकको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हाम्रो सुझाव