श्रीकृष्ण प्रणामी वृन्दावनधाममा सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७६
shree krishana halp

लेखनाथ ।पोखरा–२७, परमार्थ नगर डाडाँकोनाकस्थित श्रीकृष्ण प्रणामी वृन्दावनधामलाई पोखरा–२९ का विभिन्न संघ–संस्थाले सहयोग गरेका छन् ।आश्रममा बसोबास गर्ने अनाथ बालबालिकाको सहयोगार्थ सैनिकवस्वी ग्रुप नं १ समाज, सैनिकवस्ती आमा समूह र शिव शिक्त आमा समूह ग्रुप नं १ ले बिहीबार एक कार्यक्रमबीच खाद्यान्न, फलफल तथा तरकारी सहयोग गरेका हुन् ।

आश्रम संचालक कला गुरुङ, आश्रम अध्यक्ष स्वामी विष्णुवशिष्ठलाई सो सामग्री हस्तान्तरण गरियो ।आश्रम अध्यक्ष स्वामी विष्णु वशिष्ठले सबैको साथ सहयोगले आश्रम संचालनमा सहयोग पुगेको र आगामी दिनमा पनि यस्तै प्रकारको सहयोग र सद्भावको खाचो रहेको बताइन् । आश्रम संचालक कला गुरुङले सहयोग गर्नेहरु कहिल्यै गरीब नहुने धारणा राखेकी थिइन् ।सोही अवसरमा सैनिक वस्ती ग्रुप नं. १ समाजका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ, सैनिकवस्ती आमा समूहकी अध्यक्ष श्रीमाया गुरुङ र शिवशक्ति आमा समूह अध्यक्ष लक्ष्मी सुनारले आश्रममा रहेका अनाथ बालबालिकाको लागि आवश्यक पर्ने खाद्यान्न सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।उत्त अवसरमा तिनैवटा समाज र समाजअन्तर्गतका सदस्यले पनि ब्यक्तिगत रुपमा खाद्यान्न, फलफूल, तरकारी तथा मरमसला सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width