दुर्गमको स्कूललाई नेपाल भारत युथ सोसाइटीको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७६
gorkha 1

गोरखा । गोरखाको भूकम्पप्रभावित एक विद्यालयलाई नेपाल भारत युथ सोसाईटीले शैक्षिक र खेलकुद सामग्री सहयोग गरेको छ । विहिबार शहीद लखन गाउँपालिका ६ दार्चे स्थित पिपला पोखरी आधारभूत विद्यालयको बार्षिकोत्सवको अवसरमा सोसाइटीका सल्लाहकार आलम र अध्यक्ष प्रेम बरालले विद्यालयका प्रधानध्यापक डिल्लीराम रेग्मी र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ‍‍‍‍‍‍‍नारायण रेग्मीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

भलिवल, फुटवल, भलिवको जाली, ब्याडमिण्टन र कापी कलम सहयोग गरिएको सोसाइटीले जनाएको छ । ‘दुर्गममा विद्यार्थी राम्रोसँग पढ्न पाएका छैनन् । भूकम्पले ढलेको विद्यालय भवन अहिलेसम्म बनेको छैन,’ सल्लाहकार आलमले भने, ‘सहयोग जति सहरी क्षेत्रमा मात्रै गर्छन् । ग्रामिण क्षेत्रमा पुग्न सकेको रहेनछ । सोसाइटीले थप सहयोग गर्छ ।’ विद्यालयको अपुरो भवन पूरा गर्ने र ई लाइब्रेरी स्थापनामा आफ्नो संस्थाले सघाउने उनको प्रतिबद्धता छ । सोसाइटीका अध्यक्ष बरालले पनि विद्यालयले बनाएको प्रपोजलका आधारमा थप सहयोग गर्ने जनाएका छन् । सहयोगको संयोजक पत्रकार तथा विद्यालयका भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष प्रकाश ढकालले गरेका थिए । यो विद्यालयको भवन २०७२ को महाविनाशकारी भूकम्पले ढलाएको थियो । त्यसपछि पनि विद्यार्थीहरु टहरामै बसेर पढिरहेका छन् ।

यसैबीच, विद्यालयले ४६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा अस्थित्व जोगाउनै मुश्किल परेको बताईन् । कार्यक्रममा समाजसेवी खुनप्रसाद रेग्मी, बुद्धी लामिछाने, कमला लामिछाने लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक धनन्जय रेग्मीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width