विभागीय एपीएफ दिदीबहिनी भलिबलको फाइनलमा

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७६
APF, Didi Bahini Cup

पोखरा । विभागीय एपीएफ क्लब पर्वतमा जारी दिदीबहिनी कप भलिबलको फाइनलमा पुगेको छ ।

बिहिबार भएको पहिलो सेमिफाइनलमा न्यू–डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

एपीएफले न्यू–डायमण्डमाथि २५–९, २५–१५ र २५–१८ को सेटमा पराजित ग¥यो । प्रतिभा चोटका कारण कोर्ट बाहिर छन् । अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।

यसअघि, एपीएफ समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । न्यू–डायमण्ड समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल खेलेको थिया । न्यू–डायमण्डले अब तेस्रो स्थानको लागि खेल्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width