दर्शन सहकारीको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७६
darsan

पोखरा–१७ छोरेपाटनस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी आफ्नो १० औं वार्षिकोत्सव मनाएको छ । संस्थाले शुभकामना आदान–प्रदान तथा मानव सेवा आश्रममा खाद्यान्न सामग्री प्रदान गरेर आफ्नो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा संस्थाले छोरेपाटनस्थित आफ्नै कार्यलय परिसरमा एक समारोहबीच शुभकामना आदान–प्रदान ग¥यो । संस्थाका अध्यक्ष खिमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष बिष्णुकुमारी उचै, संचालक समितिका पदाधिकारी तथा सदस्यहरु र सेयर सदस्यबीच शुभकामना आदान प्रदान गरेको थियो ।कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका प्रमुख सल्लाहकार अनिल शाही र नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष फमबहादुर शाहीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । संस्थाका लेखा समिति संयोजक चक्रबहादुर शाहीले कार्यक्रम संचालन गरेका थिए ।

यसैबीच, संस्थाले वार्षिकोत्सवको अवसरमा पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा खाद्यान्न, फलफूललगायतका सामग्री प्रदान गरेको छ । संस्थाका अध्यक्ष शाही, उपाध्यक्ष उचै र संस्थाका संचालक समितिका पदाधिकारी तथा सेयर सदस्यहरुले आश्रमका केन्द्रीय अध्यक्ष गोविन्द टण्डनलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । मानव सेवा आश्रम गण्डकी प्रदेश इञ्चार्ज होमनाथ तिमिल्सिनाले खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा नेपाल ठकु्री संगम परिवार कास्कीका उपाध्यष शेरबहादुर उचै र कोषाध्यक्ष यामबहादुर हमालको समेत उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width