संचारमन्त्रीद्वारा ७० करोडको कमिसन डिलकाे अाशंका

एजेन्सी
फागुन ८, २०७६
Gokul-Prasad-Banskota-1

काठमाण्डौ, ८ फागुन । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ ।
‘यस्तो कुरामा यी मु कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन‘’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन् ‘यो मु‘.ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’

अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ । अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन्‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ.. समय मिलाउनुहोला ।’प्राप्त २ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ ।

सूत्रहरुका अनुसार मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र हुन् । मन्त्रीसँग एमओयु गर्ने र कमिसन लेनदेन गर्ने कुराकानी भइसकेपछि मन्त्री पछि हटेपछि स्वीस एजेन्टले अडियो ‘लिक’ गरेको देखिन्छ । विहीबार सार्वजनिक भएको अडियो र त्यसमा प्रयुक्त भाषाले मन्त्री बास्कोटामाथि गम्भीर प्रश्न उठाइदिएको छ

राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन – मन्त्री बाँस्कोटा

भीमदत्तनगर, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । “ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा विहीवार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने । “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफँैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने । “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।” फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको स्रोतले बताएको छ । ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ कुराकानी भएको बालुवाटार स्रोतले बतायो । बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा छन् । उनी बिहीबार बिहान काठमाडौं फर्किँदैछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width