ज्येष्ठ नागरिक मिलन केन्द्रलाई सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७६
JESTHA

पोखरा। रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ३१ हजार र केन्द्रको सहयोगी संस्था राममन्दिर माछापुच्छ्रे महिला समूहलाई १० हजार रुपैयाँँ सहयोग हस्तान्तरण गरिएको छ ।रामबजार मगर संघका संस्थापक अध्यक्ष कर्णबहादुर रानामगर र उनकी धर्मपत्नी खनीसरा रानामगर, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष क्या.थमानसिंह थापामगरको अमेरिकाबाट आएका कान्छा सुपुत्र कम्प्युटर इ. नितीन थापामगर, जेठा छोरा बुहारी मिलन थापामगर र बुहारी अमृता थापा मगरले सो रकम सहयोग गरेका हुन् ।

कार्यक्रममा युकेबाट आएका रामबजार मगर संघका संस्थापक अध्यक्ष कर्णबहादुर रानामगरले ज्येष्ठ नागरिक बाबाआमाको खाजाका लागि ११ हजार, उनकी धर्मपत्नी खनीसरा रानामगरले ५ हजार रुपैयाँ सहयोग प्रदान गरे ।केन्द्रका अध्यक्ष क्या.थमनसिंह थापाको कान्छा सुपुत्र कम्प्युटर इ. नितिन थापामगरले केन्द्रलाई १० हजार र केन्द्रको सहयोगी संस्था राममन्दिर माछापुच्छ«े महिला समूहलाई १० हजार, क्या.थमनसिंह थापाका ज्येष्ठ सुपुत्र मिलन थापामगर र बुहारी अमृता थापा मगरले केन्द्रलाई ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे ।

सहयोगीलाई केन्द्रका सबैभन्दा ज्येष्ठ १०१ वर्षका क्या.कुलबहादुर गुरुङ र ८९ वर्षीय श्रीमाया गुरुङले माला र खादा लगाएर स्वागत गरे ।केन्द्र अध्यक्ष क्या.थमनसिंह थापाको अध्यक्षतामा भएको स्वागत तथा सहयोग हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष माया गुरुङ भुजेलले स्वागत र सचिव ज्ञानबहादुर थापाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width