पशुपति आश्रममा महायज्ञ

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७६
mahayagya

लेखनाथ ।पशुपति परोपकार शान्तिआश्रमको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले पोखरा–२९, पट्नेरी पुलचोकमा आयोजित श्रीमद्भागवत धनधान्याचल महायज्ञमा पाँचौ दिन बुधबार भक्तजन एवं दाताको घुइँचो लाग्यो ।
कथाश्रवण गर्न एवं मन्दिर विकासका लागि दान गर्न साविक लेखनाथ क्षेत्र एवं भरतपोखरी, बाघमारा लगायत स्थानबाट आएका भक्तजनको घुइँचो लागेको हो ।महायज्ञमा विभिन्न दानदाता र एवं आमा समूहले गरेको दानबाट बुधबारमात्रै ८ लाख २४ हजार रुपैयाँ बढी दान संकलन भएको छ । हालसम्म ३० लाख बढी दान संकलन भएको महायज्ञका प्रचारप्रसार संयोजक मोति गिरीले जानकारी दिए ।

पाँचौ दिन पोखरा–२९ पट्नेरी निवासी होमबहादुर सु्नारले १ लाख ५१ हजार १ सय ११, पोखरा–२९ पट्नेरी निवासी बेलबहादुर विश्वकर्माले ५५ हजार ५ सय ५५, पोखरा–२९ भण्डारढिककी हरिमाया आचार्यले ५५ हजार ६ सय ५५, पोखरा–२९ पावरहाउसकी हुमकुमारी रिमालले ५५ हजार ५ सय ५५ दान गरेका छन् ।महायज्ञबाट झण्डै १ करोड रुपैयाँ संकलन हुने लक्ष्य रहेको र भक्तजनबाट संकलित रकममा स्थानीय सरकारको सहयोग प्राप्त हुने गरी धार्मिक संरचना निर्माण गरिने प्रमुख वाचक पं. कमलनयन गौतमले बताए ।

२०४४ सालदेखि पशुपतिनाथ शान्तिआश्रमका नाउँबाट धार्मिक क्रियाकलाप हुँदै आएको उक्त स्थानमा २०७४ सालदेखि राष्ट्रिय परोपकार महासंघ नेपालले समेत सहकार्य गर्दै आएको छ ।महायज्ञस्थलमै शिवरात्री विशेष पूजाआजा सहित सामूहिक ब्रतबन्ध तथा ठाडो बत्ती बाल्ने कार्यक्रम समेत रहेको छ । आश्रम परिसरमा कलात्मक मन्दिर, सभाहल र गौशाला सहितको अत्यावश्यकीय भौतीक संरचना निर्माणको सहयोगार्थ सञ्चालीत महायज्ञ १० गते सम्म संचालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा महायज्ञ समिति

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ। वि.स. २०६० सालमा महायज्ञ गरेर निर्माण शुरु गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने…
  • राधाकृष्णको महायज्ञबाट ४० लाख

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको…
  • अस्पताल बचाउन फेरि महायज्ञ

    आदर्श समाज सम्वाददाता फागुन २३, २०७६
    भीमपाणि बराल-लेखनाथ । पोखरा ३०, मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गीण विकासका लागि आगामी बैशाखमा महायज्ञ सञ्चालन गरिने भएको छ…
  • राधाकृष्ण मन्दिरमा महायज्ञ जारी

    आदर्श समाज सम्वाददाता फागुन २२, २०७६
    कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले…
  • राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७६
    लेखनाथ। पोखरा–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ…

hero news full width