संघ सरकारले प्रदेशमा अधिकार दिन खोज्दैन -मन्त्री चुमान

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७६
rss

पोखरा ।गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले संघ सरकारले प्रदेशलाई कुनै अधिकार नै दिन नचाहेको आरोप लगाएका छन् । राष्ट्रिय समाचार समितिको ५९ औं वार्षिकोत्सव सन्दर्भमा गण्डकी प्रदेश कार्यालय पोखराद्वारा बुधवार आयोजित कार्यक्रम शुभारम्भ गर्दै मन्त्री चुमानले भने, ‘संघका केही मन्त्रालय संघीयताको उच्चारण गर्न समेत मान्दैनन्, यस्तो अवस्थामा प्रदेश सरकारले कसरी काम गर्न सक्छ ?’

‘जनताको त्याग र तपस्याबाट आएको संघीयता संकटमा पार्ने काम केन्द्र सरकारबाट हुनुहुँदैन, केन्द्रले सबै अधिकार आफूले राख्ने हैन, प्रदेशलाई पनि दिनुपर्छ । केन्द्रिकृत सोच नहटेसम्म देशको समूचित रुपमा विकास हुन पनि सक्दैन,’ उनले भने, ‘संघीयताले सबै क्षेत्रका जातजाति र विभेदमा परेका जनतालाई समेटेर लैजान सक्छ ।’ उनले प्रदेश सरकार रासससँग समन्वय गर्दै सँगसँगै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । प्रदेश सरकारले प्रदेश सञ्चारग्रामको लागि ५० लाख रुपैयाँँ विनियोजन गरेको तर जग्गा प्राप्त नहुँदा ढिलाइ भएको बताउँदै उनले रासससँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताए ।

राससका पूर्व अध्यक्ष कोमलनाथ बरालले सरकारको आधिकारिक समाचार एजेन्सी रहेको राससप्रति अन्तर्राष्ट्रिय विश्वास समेत कायम रहेको र राससलाई समयसापेक्ष बनाउन समेत जोड दिए । समृद्धिको प्रमुख आधारका रुपमा रहेको कृषिको विकासका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै बरालले सञ्चारमाध्यमले सरकारले गरेका राम्रा कामलाई तथ्यका आधारमा व्यक्त गर्दै समृद्धिमा योगदान पु¥याउनुपर्ने धारणा राखे ।

राससका पूर्व सञ्चालक सदस्य गंगाधर पराजुलीले सरकारको राससलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नदेखिएको उल्लेख गर्दै अन्य सरकारी सञ्चारमाध्यमको तुलनामा छायामा परेको बताए । अग्रज पत्रकार नारायण कार्कीले आफूका राससका भोगाइ सुनाउँदै यसको प्रभावकारिता अभिवृद्धि हुने गरी क्रियाशील बन्न राससकर्मीलाई आग्रह गरे ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले राससले पस्कने सामग्री औपचारिक कार्यक्रमभन्दा खोजी समाचारमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेलले आगामी दिनमा राससको भूमिका  प्रभावकारी देखिने गरी क्रियाशील बन्नुपर्ने सुझाव दिए ।

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले राससले परिपक्वता हासिल गर्दै आएको बताउँदै देशको सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनबाट मात्र समृद्धि हासिल हुने भएकोले त्यसतर्फ कलम चलाउनु पर्नेमा जोड दिए । उक्त अवसरमा पत्रकार शान्ति गुरुङ, रासस गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख वासुदेव पौडेल, बागलुङका राम थापाले सञ्चारमाध्यमको बढ्दो विकाससँगै राससको आवश्यकता र औचित्य बढ्दै गएको दाबी गरे ।

सर्वोत्कृष्टलाई सम्मान

राससको वार्षिकोत्सव अवसरमा गण्डकी प्रदेशअन्तर्गत रासस वर्ष सर्वोत्कृष्ट जिल्ला समाचारदातारुपमा जमुना वर्षा शर्मालाई पुरस्कृत गरिएको छ । उनलाई मन्त्री चुमान, रासस पूर्व अध्यक्ष बराल र प्रदेश प्रमुख पौडेलले १५ हजार रुपैयाँँ नगद सहित सम्मानपत्रबाट पुरस्कृत गरेका थिए । पुरस्कृत शर्माले आफू कार्यरत संस्थाबाट कामको मूल्यांकन गरी पुरस्कृत हुन पाउँदा ठूलो उर्जा मिलेको बताइन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width