१/८ जीआरको स्थापना दिवस

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७६
Gr

पोखरा । भारतीय सैनिकको १/८ गोर्खा राइफल्स ३ मैंक इन्फेन्ट्रीले आफ्नो १९६ औं स्थापना दिवस मनाएको छ । ३ मैंक इन्फेन्ट्री १/८ जीआर तथा सम्पूर्ण रेजिमेन्ट्स पूर्व सैनिक संघ पोखरा नेपालले आयोजना गरेको कार्यक्रममा सैनिक परिवारजनको पुनर्मिलन समारोह समेत गरिएको थियो ।

कार्यक्रममा संघका नयाँ सदस्य तथा हनरी क्याप्टेन केबी राजनलाई सम्मानसमेत गरेको थियो । कार्यक्रममा केबी राजन, सु. पे्रमबहादुर दुवे, सु. गोविन्द शर्मा, सु. सुजित रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका अध्यक्ष क्या.रामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष क्या. होमबहादुर श्रेष्ठले स्वागत र नासु क्लर्क रामलाल रोकाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width