चिर्पटले टाउकोमा प्रहारगरी बाबुको हत्या

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
628999-arrestthinkstockphotos

तनहुँ, ७ फागुन । जिल्लाको ब्यास नगरपालिका–१० विपी भञ्ज्याङमा आफ्नै छोराले जन्म दिने बाबुलाई दाउराको चिर्पटले टाउकोमा प्रहारगरी हत्या गरेका छन् । चिर्पट प्रहारबाट मृत्यु हुनेमा ६६ वर्षीय दलबहादुर विक रहेका छन्। चिर्पट प्रहारगरी बाबुको हत्या गर्ने छोरा ३५ वर्षीय तिलबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले वताए ।

प्यारालाइसिसले लामो समयदेखि थलिएका बाबु दलबहादुरलाई एक्कासी छोरा तिलबहादुरले चिर्पट प्रहार गरेपछि गम्भीर घाइते उनलाई जिल्ला अस्पताल लगिएको भएपनि उपचार सम्भव नभएपछि थप उपचारका पोखरा ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान प्रक्रिया शुरुगरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width