चीनमा कोरना भाइरस, मृतकको संख्या २४ सय

अच्युत रेग्मी
फागुन ७, २०७६
1581936607Mask3

चीनमा महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ सय नाघेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले यो तथ्य सार्वजनिक गरेको हो।मंगलबार एकैदिन चीनमा यो भाइरसबाट थप १ सय ३६ जनाको ज्यान गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। कोरोना भाइरस संक्रमणका कारण वुहानको एक अस्पतालका प्रमुखकै मृत्यु भएको छ। उपचारका क्रममा वुहानस्थित वुछाङ अस्पतालका निर्देशक लिउ चमिङको मंगलबार मृत्यु भएको हो। उनी कोरोना संक्रमणबाट ज्यान गुमाउने अहिलेसम्मकै सबैभन्दा बरिष्ठ चिकित्सक हुन्।

योसँगै कोरोना संक्रमणको कारण चीनमा मृत्यु हुने डाक्टरको संख्या सात पुगेको छ। बुधबार बिहानसम्म विश्वभर ७५ हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। अहिलेसम्म चीनमा कोरोना संक्रमितको संख्या ७४ हजार एक सय ८५ पुगेको छ।कोरोना भाइरसका कारण चीनमा मात्रै दुई हजार ४ जनाको मृत्यु भएको पुष्टि चिनियाँ अधिकारीले गरेका हुन्। यो भाइरसले फिलिपिन्स, ताइवान, हङकङ, जापान र फ्रान्समा एक–एक जना गरी ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मंगलबार मात्रै चीनमा थप एक हजार ७ सय ४९ जनामा भाइरस संक्रमण देखिएको छ। विश्वका २८ मुलुकमा एक हजारभन्दा कोरोनाबाट संक्रमित पाइएका छन्। बीबीसीका अनुसार चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन्। जसमा ७०,००० भन्दा बढी सङ्क्रमणका विवरणहरू समेटिएका छन्।चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी संक्रमितमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको छ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width