बतास फाउण्डेशनको रक्तदान

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
blood

पोखरा । बतास फाण्डेशनले पोखरामा मंगलबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ । पोखरा–९, नयाँबजारस्थित बतास शोरुमको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलव्ध गराएको थियो ।

बतास व्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले पहिलो रक्तदाता प्रवीणकुमार श्रेष्ठलाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको रानाभाटले बताए । फाउण्डेशन माध्यमबाट बतास अर्गनाइजेशनले विभिन्न सामाजिक कार्य गर्दै आएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width