मेयर कप भलिबल

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
lamjung

लमजुङ । लमजुङमा पालिकास्तरीय मेयर कप भलिबल शुरु भएको छ । जिल्ला सदरमुकामस्थित बेसीशहर नगरपालिकामा जिल्ला भलिबल संघको आयोजनामा सो प्रतियोगिता गरिएको हो । उक्त प्रतियोगिताको गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले उदघाटन गरे । लिग नटआउट भलिबल प्रतियोगितामा ११ टिम सहभागी छन् ।

यसैबीच, मंगलबारको पहिलो खेल राइनास नगरपालिका र मध्यनेपाल नगरपालिकाबीच भएकोमा मध्यनेपाल विजयी भयो । उसले २५– २०, २५– २० र २५– १५ को सोझो सेटमा जित हात पारेको हो ।दोस्रो खेल बेसीशहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाबीच भएको हो । सो खेल पनि २५– २१, २५– १७ र २५– २०को सोझो सेटमा मस्र्याङ्दी गाउँपालिका विजयी भएको छ ।

तेस्रो खेलमा बेसीशहर नगरपालिका र राइनास नगरपालिकाबीच भयो । जसमा २५– १०, २५– १६ र २५– २१को सोझो सेटमा राइनास विजयी भएको आयोजक जिल्ला भलिबल संघका अध्यक्ष नवीन गुरुङले बताए । चौथो खेलमा मध्यनेपालले मस्र्याङ्दी गाउँपालिकालाई २५– १०, २५– २३ र २५– २२ को सोझो सेटमा हरायो । जिल्ला भलिबल संघ अध्यक्ष दिवाकर बराल वासुको अध्यक्षतामा भएको उदघाटन सत्रमा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, संघ उपाध्यक्ष कृष्ण गुरुङले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width