राष्ट्रपति रनिङ शिल्ड मुक्तिमार्ग माविलाई

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
khal magdi

म्याग्दी। म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिकामा गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्तिमार्ग माविले जितेको छ ।शिख माविको व्यवस्थापन तथा गाउँपालिकाको आयोजनामा गाउँपालिका–६ शिखमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ३ कास्य हात पार्दै उपाधि जित्न सफल भएको हो । यस्तै, ६ स्वर्ण, ५ रजत र ५कास्य प्राप्त गरेको प्रभा माबी द्वितीय भएको छ भने ५ स्वर्ण, ४ रजत र २ कास्य प्राप्त गरेको तिकोट माविले तृतीय स्थानमा चित्त बुझायो ।

यसैगरी शिख माविले ४ स्वर्ण, ७ रजत ४ कास्य, ज्ञानप्रकाश माविले ३ स्वर्ण, ३ रजत र ४ कास्य, आदर्श माविले १ स्वर्ण, २ रजत र २ कास्य, हिमाञ्चल माविले १ स्वर्ण र ४ कास्य, सर्वोदय माविले ३ रजत र २ कास्य, कैलाश माविले २ रजत र २ कास्य खिबाङ आधारभूत विद्यालयले १ स्वर्ण तथा पाउद्वार माविले १ कास्य हात पारेको गाउँपालिका शिक्षा संयोजक भरत पुनले जानकारी दिए । उपाधिसँगै विजेता मुक्तिमार्गले विद्यालयले ५० हजार रुपैयाँ रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता प्रभा माविले ३० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतीय तिकोट माविले विद्यालयले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा आठ वटै वडा भित्रका एक (१–८) आधारभूत र १० मावि तह विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बिजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै बधाई तथा शुभकामना दिँदै प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्नुका साथै उनीहरुलाई अनुशासित र एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्नमा सहयोग पुगेको बिश्वास व्यक्त गरे ।‘ग्रामीण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीमा रहेको प्रतिभा उजागर, उनीहरुलाईअनुशासित बनाउन, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्न सफल भएको विश्वास गरेको छु, अध्यक्ष क्याप्टेन गर्बुजा पुनमगरले भने । विजेता तथा उपविजेतालाई अध्यक्ष क्याप्टेन गर्बुजा पुन, उपाध्यक्ष केशमाया मगर र प्रमुख प्रशासकीय अधिकृत सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width