स्वकीयसचिवलाई प्रशिक्षण

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
swokiye sachibharu pic

पोखरा । गण्डकी प्रदेशसभा सदस्यका स्वकीयसचिवलाई प्रशिक्षण दिइएको छ ।स्वकीयसचिवको काम, कत्र्तव्य र जिम्मेवारीलक्षित गरी गण्डकी प्रदेशसभा सचिवालयको आयोजनामा मंगलबार पोखरामा प्रशिक्षण दिइएको हो ।

प्रदेशसभा सदस्यलाई सफल र जिम्मेवार बनाउन स्वकीयसचिवको विशेष महत्व हुने र कहिलेकाही भुलवस हुने सानोतिनो घटनाले सांसद समेत आलोचित हुने अवस्थामा पु¥याउने भएकाले त्यसलाई मध्यनजर गरी प्रशिक्षण दिइएको प्रदेश प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए ।न्यौपानेले प्रदेशसभा सदस्य सफल भएमात्र प्रदेशसभा समेत सफल हुने भएकाले सबै मिलेर सांसदहरुलाई सफल बनाउनतर्फ लाग्नुपर्ने बताए ।

गण्डकी प्रदेशसभा सचिवालयका अधिकृत गोपाल शर्माले निजी सचिवालय ब्यवस्थापनमा स्वकीय सचिवहरुको भूमिकाविषयक कार्यपत्र प्रस्तुत गर्दै सकेसम्म कार्यालय स्थापना गरी माननीयको कामको बारेमा ध्यान दिनुपर्नेमा जोड दिए ।प्रदेशसभा सचिवालयका आर्थिक प्रशासन प्रमुख महेन्द्रकुमार राईले आर्थिक प्रशासनका सिद्धान्त र ब्यवहारबारे जानकारी दिँदै कतिपय माननीयलाई आफूहरुले पाउने सेवासुविधाबारे जानकारी नहँुदा अघिल्लो वर्ष केही अफ्ठ्यारो परेको बताउँदै आफ्ना माननीयलाई आफ्नो तलब, सेवासुविधाबारे जानकारी दिन समेत स्वकीयसचिवलाई आग्रह गरे ।

प्रदेशसभा सचिवालयका अधिकृत जितेन्द्रदेव केसीले समेत स्वकीयसचिवको भूमिका उल्लेख्य हुने भएकाले समय समयमा सचिवालयको सम्पर्कमा रहन स्वकीयसचिवलाई आग्रह गरेका थिए ।सभामुख नेत्रनाथ अधिकारीका स्वकीयसचिव लोकराज आचार्यले स्वकीयसचिवले आफ्नो माननीयका कामलाई सहयोग पुग्ने गरी सहयोग गर्न सकेसम्म अफिस खडा गरी दैनिक कामलाई सहज तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिए ।कार्यक्रममा स्वकीयसचिव घनश्याम पाण्डे, अस्मिता खनाल, सरलादेवी श्रेष्ठ, राजेन्द्रप्रसाद उपाध्याय, महेन्द्र थापा, बाबुराम पाण्डे, गोविन्दराज लामिछाने लगायतले धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width