गोली प्रहारगरी नियन्त्रणमा लियो कुर्मीलाई प्रहरीले

एजेन्सी
फागुन ७, २०७६
gun

रौतहट, ७ फागुन । तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली प्रहारगरी कब्जामा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति ११ बजे चन्द्रपुर नगरपालिका–४ स्थित जगलसहियाबाट कुर्मीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, कुर्मीको वायाँ खुट्टामा २ राउन्ड गोली लागेको छ । घाइते कुर्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एम्बुस थापेर बसिरहेका कुर्मीले प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि चार राउन्ड गोली चलाइएको प्रहरीले दावि गरेको छ । कर्तव्य ज्यानलगायतका दर्जन बढी अभियोग कुर्मीमाथि छ । उनी अभियोग लागेदेखि नै फरार थिए । कुर्मीको साथबाट १ थान नलकटुवा पेस्तोल र ५ राउन्ड गोली बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width