नवलपुर, ६ फागुन । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशको समृद्धिका लागि अबको शिक्षा विज्ञान प्रविधिमा आधारित हुनुपर्नेमा जोड दिएका छन् । नवलपुरको देवचुली नगरपालिका–१४, प्रगतिनगरस्थित जनज्योति नमूना माविको नवनिर्मित चार कोठे भवन तथा दुई कोठे भवनको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले विज्ञान प्रविधिका क्षेत्रमा प्रगति हासिल गर्न बालबालिकालाई विज्ञान प्रविधिको शिक्षा आवश्यक रहेकोमा जोड दिएका हुन् ।
व्यवसायिक र रोजगारउन्मुख शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उनले देशको शिक्षा नीतिमा समयसापेक्ष सुधारको आवश्यकता औंल्याए । नेपाल प्राकृतिक स्रोत, साधनले धनी देश भएको भन्दै प्रदेश प्रमुख शेरचनले प्राकृतिक सम्पदाको समूचित उपयोगमार्फत् देशलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गरे । देशभित्रै पाइने कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरेर देशको अर्थतन्त्र माथि उकास्न सकिने तर्कगर्दै उनले उद्योगको विकासबिना रोजगारी सिर्जना गर्न कठिन हुने तकृ राखे ।
देश विकासको बाधक भ्रष्टाचार भएको भन्दै उनले भ्रष्टाचारको न्यूनीकरण नभइ समूल अन्त्य गर्नुपर्नेमा जोड दिए । जनता सचेत भए भ्रष्टाचार स्वतः कम हुने भन्दै उनले देशमा सुशासन कायम गराउन ऐन, कानूनको पालना गराउनु पहिलो शर्त भएको बताए । जनज्योति नमूना मावि व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य कृष्ण पौडेल, खिमानन्द भुसाल, दुर्गादत्त घिमिरेलगायतले बोलेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, नवलपुरको आर्थिक तथा प्राविधिक सहयोगमा ६५ लाख रुपैयाँको लागतमा चार कोठे भवन र देवचुली नगरपालिकाको सहयोगमा १५ लाख रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काफ्लेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
hero news full width
मुख्य समाचार
एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०बाँदरसँग आजित किसानले गुहारे कानुन मन्त्री, भन्छन् : बाँदर मार्ने कानुन बनाइदेउ
चैत्र १४, २०८०एमाले कास्कीमा नयाँ नेतृत्वका लागि मतदान
चैत्र १३, २०८०कास्की कारागारमा आँखा शिविर, १ सय ८८ जनाको आँखा परीक्षण
चैत्र १३, २०८०