महायज्ञमा १६ लाख संकलन

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७६

लेखनाथ  । पोखरा २९, पट्नेरी पुलचोकमा आयोजित श्रीमद्भागवत् धनधान्याचल महायज्ञको तेश्रो दिनसम्म नगद र जिन्सी गरी करिब १६ लाख रुपैयाँ बराबर दान रकम संकलन भएको छ ।सामाजिक कल्याणका लागि बहुउद्देश्यीय भवन निर्माणको संकल्प सहित आयोजित महायज्ञमा सोमबार महायज्ञका सहसंयोजक एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर सुनारले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ८ लाख बराबरको जग्गा र त्यसमा निर्मित सटर दान गरेका छन् ।

यस्तै, पुल्चोक कृषि सहकारी संस्था लिमिटेड पोखरा–२९ ले १ लाख ३६ हजार रुपैयाँ दान गरेको छ भने पोखरा–२९ पुल्चोककै ईश्वरबहादुर बिकले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् ।यसअघि महायज्ञमा महायज्ञ मूल संयोजक गंगा मल्लले प्रसनी रुद्रबहादुर मल्लको स्मृतिमा २ लाख २२ हजार २ सय २२, प्रेकुमारी कुइकेलले आमाबुबाको पितृउद्धारमा अक्षयकोषका लागि ५५ हजार ५ सय ५५, आदर्श हार्डवेयर पोखरा–२९ भण्डारढिकबाट विजय गुरुङ र सुमन हमालले ५५ हजार ५ सय ५५, पोखरा–२९ भण्डारढिककी उमादेवी भण्डारीले ५५ हजार ५ सय ५५, पुल्चोक आमा समूह पोखरा–२९ भण्डारढिकले १ लाख ११ हजार १ सय ११ नगद दान गरेका छन् ।

झण्डै १ करोड रुपैयाँ संकलन हुने लक्ष्य रहेको महायज्ञमा प्रमुख वाचक पं. कमलनयन गौतम हुन् ।२०४४ सालदेखि पशुपतिनाथ शान्ति आश्रमका नाउँबाट धार्मिक क्रियाकलाप हुँदै आएको उक्त स्थानमा २०७४ देखि राष्ट्रिय परोपकार महासंघ नेपालले समेत सहकार्य गर्दै आएको छ ।महायज्ञस्थलमै शिवरात्री विशेष पूजाआजा सहित सामूहिक ब्रतबन्ध तथा ठाडो बत्ती बाल्ने कार्यक्रम समेत रहेको प्रचार प्रसार उपसमिति संयोजक मोती गिरीले जानकारी दिएका छन् । महायज्ञमा कथाश्रवण एवं आरतीमा सहभागी भै दिन आयोजकले सम्पूर्णमा आग्रह गरेको छ ।महायज्ञ फागुन १० सम्म संचालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा महायज्ञ समिति

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ। वि.स. २०६० सालमा महायज्ञ गरेर निर्माण शुरु गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने…
  • राधाकृष्णको महायज्ञबाट ४० लाख

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको…
  • अस्पताल बचाउन फेरि महायज्ञ

    आदर्श समाज सम्वाददाता फागुन २३, २०७६
    भीमपाणि बराल-लेखनाथ । पोखरा ३०, मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गीण विकासका लागि आगामी बैशाखमा महायज्ञ सञ्चालन गरिने भएको छ…
  • राधाकृष्ण मन्दिरमा महायज्ञ जारी

    आदर्श समाज सम्वाददाता फागुन २२, २०७६
    कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले…
  • राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७६
    लेखनाथ। पोखरा–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ…

hero news full width