कविराज खनाल -लेखनाथ । पोखरा–३२, राजाको चौतारास्थित ब्रह्मरुपा माविको शैक्षिक उन्नयनबारे अन्तक्र्रिया भएको छ । विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले शैक्षिक उन्नयनका लागि विद्यालयको भावी योजना र कार्यक्रमबारे जानकारी दिए ।
उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, स्नातक तह संचालन, सभाहल व्यवस्थापन र ऐतिहासिक राजाको चौताराको जिर्णोद्वार एवं व्यवस्थापन गर्नु जरुरत रहेको बताए ।कार्यक्रममा शिक्षाप्रेमी, बुद्धिजीवी एवं समाजसेवी व्यक्तित्वहरुले आ–आफ्नो धारणा राखेका थिए । वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयमा अंग्रेजी र नेपाली माध्यमलाई समानान्तर रुपमा अगाडि बढाउँदै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सकिने सुझाव राखेका थिए ।हानगर शिक्षा परिषद्का सदस्य राधाकृष्ण लामिछानेले विद्यालयमा संचालित प्राविधिकधारतर्फ संचालित कम्प्युटर इन्जिनियरिङ विषयलाई अझ व्यापक बनाउँदै यस क्षेत्रकै प्राविधिक शिक्षाको केन्द्रको रुपमा अगाडि बढाउनु पर्ने कुरा व्यक्त गरे ।
वडा सदस्य विष्णुप्रसाद तिवारी, विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष, टीकाराम पगेनी, उत्तम बस्नेत, शिक्षाप्रेमी एवं विद्यालयका निवर्तमान प्रअ दुर्गालाल पण्डित, लक्ष्मी मावि प्रअ जगन्नाथ अधिकारी लगायतले विद्यालयको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराज पौडेलले धन्यवाद ज्ञापन र सहायक प्रधानाध्यापक मधुसुधन सापकोटाले संचालन गरेका थिए ।कार्यक्रममा सुझाव संकलन शिक्षक महेश्वर पण्डित र शंकरप्रसाद मर्सानीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन
पोखरामा गणित समाजको कार्यशाला
लेकसिटी कलेजमा स्वागत र बिदाइ
राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज
गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१