आश्रमलाई आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७६
radhakrishna

लेखनाथ ।  लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रमलाई पोखरा–१९, सराङ्कोट निवासी छविलाल तिमिल्सेनाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । संस्थाको अक्षयकोषमा रहने गरी तिमिल्सेनाले संस्थाका अध्यक्ष प्रेम लिगललाई एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वृद्धाश्रमका आश्रित ज्येष्ठ नागरिकको दैनिकी सरल र सहज बनाउन सञ्चालन समितिले नयाँ सल्लाहकार समिति समेत चयन गरेको छ । मन्दिरका महन्त मुकुन्दशरण उपाध्याय, वडाध्यक्षअक्कलबहादुर कार्की, वडा सदस्य सुनमाया नेपाली, समाजसेवी दामोदरभक्त थापा र अधिवक्ता सन्तोष तिवारीलाई सल्लाहकारमा नियुक्ति गरिएको छ । कार्यक्रम संचालन महासचिव शोभामोहन पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width