सरकारमा अस्थिरता आयो -राप्रपा अध्यक्ष कमल थापा

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७६
journaliat 5

पोखरा, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाको दुई तिहाइ सरकारमा अस्थिरता देखिन थालेको बताएका छन् ।मिडिया नेपाल केन्द्रीय समितिको बैठक तथा गण्डकी प्रदेश घोषणा सभालाई सोमवार पोखरामा सम्बोधन गर्दै अध्यक्ष थापाले भने-प्रधानमन्त्री केपी ओली आफ्नो गृह जिल्ला झापा पुगेर आइतवार आफ्ना मतदातासँग सरकार गिराउने खेल भइरहेको दुखेसो पोखेका छन् ।

सरकार गठन भएको दुई वर्ष मात्र पुग्दा दुई तिहाइको सरकार संकटमा पर्नु विडम्वना हो, वर्तमान सरकारलाई   विस्थापित गर्न देशी–विदेशी शक्ति क्रियाशील छन्, नेपाली राजनीतिमा वाह्य शक्तिको दवाव र प्रभाव परेको छ, अध्यक्ष थापाले भने-परिवर्तनकारी शक्ति र परम्परावादी शक्तिबीचको समिश्रणबाट नै राजनीतिक स्थिरता आउन सक्छ । राप्रपा मध्यमार्गी बाटोबाट अगाडि वढेको छ, पुरानो व्यवस्थालाई फर्काउने मान्यता पनि अगाडि सारेको छैन, गत निर्वाचनमा राप्रपाले नराम्ररी पराजय भोग्नु प¥यो, मत कम आएकै कारण राष्ट्रिय पार्टी समेत बन्न सकेन्, उनले भने– अव राप्रपा संगठन विस्तार गरी तीन लाख सक्रिय सदस्य बनाउने अभियानमा छ, जसका लागि वि.स.२०७७ सालमा राष्ट्रिय महाधिवेशन समेत गर्ने तयारीमा जुटेको छ ।

दुई तिहाइको सरकारले देशमा शान्ति र विकास दिन सकेको छैन, मंहगी र भ्रष्टाचार चरक बिन्दुमा पुगेको छ, उद्योग, कलकारखाना खुल्न नसक्दा युवाहरु रोजगारीका लागि विदेशिन वाध्य छन्, देशको अर्थतन्त्र रेमिटेन्सले धानिएको छ, माओवादी शान्ति प्रक्रियामा आएको कैयौंवर्ष वित्यो, संविधान बन्यो, सरकार बन्यो तर देशमा शान्ति आएन, विकास आएन, मंहगी नियन्त्रण भएन अध्यक्ष थापाले भने- नेपालमा धर्म परिवर्तन तीव्र बनेको छ तर सरकारले नियन्त्रण गर्न कुनै चासो दिएको छैन ।

श्रमजीवी पत्रकारले अझैपनि स्वतन्त्र रुपमा कलम चालाउन सक्ने अवस्था बनेको छैन, मिडिया नियन्त्रित छ, नेपाली संचार माध्यम राजनीतिक स्वार्थ, वाह्य स्वार्थ र व्यापारिक स्वार्थबाट नियन्त्रित रहेको छ, राप्रपा अध्यक्ष थापाले भने- राष्ट्रिय हितका बिषयमा संचारकर्मीले कलम चलाएको पाइदैन । पछिल्लो समयमा त सम्पादकीय स्वतन्त्रता समेत गुम्दै गएको छ, संचारमाध्यमलाई प्रयोग गरेर रातारात धनी हुने प्रवृत्ति बढेको छ, ठूला संचार माध्यम समेत त्यस्तो प्रभावमा पर्ने गरेका छन्, यस्तो अवस्थामा कसरी जनपक्षीय पत्रकारिता हुन सक्छ, उनले भने–मिडियाले गरिब निमुखा र साना राजनीतिक पार्टीको कुरा पनि वाहिर ल्याइदिनु प¥यो ।

उक्त अवसरमा राप्रपाका बरिष्ठ नेता दीपक बोहराले संचारकर्मी स्वतन्त्र नभई राजनीतिक पार्टीका हुँदा उनीहरुले आफ्नो पार्टीका गल्ती कमजोरी लुकाउने गरेको आरोप लगाए ।त्यस्तै अर्का नेता बुद्धिमान तामाङले संचारकर्मीले निश्पक्ष रुपमा कलम चलाउन आग्रह गरे । मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मिडिया नेपाल गण्डकी प्रदेश समिति समेत सार्वजनिक गरिएको छ । सूर्य वास्तोलाको संयोजकत्वमा सात सदस्यीय मिडिया नेपाल गण्डकी प्रदेश समिति गठन भएकाे घोषणा गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width