जुत्ता व्यवसायी संघ कास्कीमा पौडेल

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७६
Jutta Photo

पोखरा ।जुत्ता व्यवसायी संघ कास्कीको अध्यक्षमा मोहनराज पौडेल निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट उपाध्यक्षमा वेदप्रसाद ढकाल, महासचिवमा हरि तिवारी, सचिवमा गणेश नेपाल र कोषाध्यक्षमा हेमकृष्ण श्रेष्ठ चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा चन्द्रप्रकाश बञ्जरा, लिलाम्बर सुवेदी, सुमन श्रेष्ठ, कुस्मा बुढाथोकी नेपाली, हरि भण्डारी र मिलन थटराई रहेका छन् ।अधिवेशनको गण्डकी प्रदेशका सांसद राजिव पहारीले उद्घाटन गरेका थिए ।संघका अध्यक्ष पवित्रबहादुर नेपालीको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव एवं संयोजक हरि तिवारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव मोहनराज पौडेलले गरेका थए ।
फोटोः जुत्ता

Related News

सम्बन्धित समाचार

hero news full width