प्रधानमन्त्री ओलीले आलोचना सुन्नै मान्दैनन् – भट्टराई

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७६
baburam-1

पोखरा,४ फागुन । समाजबादी विद्यार्थी युनियन पीएन क्याम्पसद्वारा आयोजित समाजबादी विहानी कार्यक्रममा समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले आलोचना सुन्नै नचाहने आरोप लगाएका छन् ।

उनले अहिलेको सरकार झुठको पुलिन्दा बनेको बताएका छन् । उनले यतिका समयपछि बनेको शक्तिशाली सरकारकै पालामा राज्य सबैभन्दा बढी अस्तव्यस्त बनेको बताए । उनले भने –‘नेपालको शिक्षा क्षेत्र राजनीतिक भागबण्डाको कारण दिनदिनै धारासायी बन्दैछ । सरकारी कलेजमा पढाउने प्राध्यापकले निजी कलेजमा कक्षालिने भ्याईनभ्याई छ । म प्रध्यापक साथीहरुलाई यहीबाट अनुरोध गर्न चाहन्छु कि निजी कलेजहरु छाड्नुस कि सरकारी कलेज छाड्नुस । तपाईहरुले दुई मध्य एक रोज्नैपर्छ । नत्र भने हाम्रो बिश्वविद्यालयको स्तर झन खस्किन्छ । म युवा विद्यार्थी साथीलाई पनि यहीबाट अपिल गर्न चाहन्छु सरकारी सेवासुविधा खाएर निजी कलेतिर धाउने लेक्चरहरुलाई बहिष्कार गर्नुस ।’

उनले सरकार भ्रष्टाचारको आहलमा डुवेको आरोप लगाएका छन् । सरकारले गरेको जनविरोधी रवैयाको बिरोध नगर्ने हो भने देश धेरै पछि पर्ने उनले बिद्यार्थीलाई सरकारको ग्रह्रजिम्मेबार हर्कतको बिरोध गर्न आव्हान गरेका थिए ।कार्यक्रममा बोल्दै समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले ठुला संगठनको कारण स्ववियु निर्वाचन रोकिएको आरोप लगाएका छन् । विश्वबिद्यालयमा हुने राजनीतिक नियुक्ति फाईनल नभएको कारण निर्वाचन अनिश्चित रहेको उनले बताए ।समाजबादी विद्यार्थी युनियनले गरेको समाजबादी कार्यक्रममा सांस्कृतिक बिभिन्न किसिमका सांस्कृति कार्यक्रमहरु पनि गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width