कोरोना विरुद्घ आईएनएफको साथ

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७६
INF Corona Program Photo

पोखरा । आईएनएफ नेपालले स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई नोभेल कोरोना भाइरस (कोभिड–१९) सँग लड्न १५ थान पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीइ) प्रदान गरेको छ । पीपीइमा एप्रोन, हेल्मेट, स्टिल बुट, सुरक्षा चस्मा, पञ्जा, रेस्पिरेटर, मास्कलगायतका सामग्री हुन्छन् ।सामाजिक विकास मन्त्री नरदेवी पुनको उपस्थितिमा आईएनएफ नेपालका प्रतिनिधि थोमस मियरले निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मालाई पीपीइ सामग्री हस्तान्तरण गरेका थिए ।

पीपीइ सामाग्री बझ्दै डा. शर्माले विगतदेखि नै निर्देशनालयका विभिन्न कार्यक्रममा साथ र सहयोग गरेको आईएनएफ नेपाल सरकारको एक भरपर्दो सहयात्री भएको बताए ।आईएनएफ नेपालका प्रतिनिधि थोमस मियरले आगामि दिनमा प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरु तत्पर रहेको उल्लेख गरे ।चीनको वुहान शहरबाट शुरु भई संसारभर तीव्र गतिमा फैलिरहेको प्राणघातक भाइरस नेपालमा समेत प्रवेश गर्न सक्ने भन्दै त्यस सँग जुध्न सरकारको योजनामा साथ दिने र ५० शैयाको आकस्मिक स्वास्थ्य शिविर हरियोखर्क परिसरमा स्थापना गर्न तथा थप पीपीइलगायतका सामग्री उपलब्ध गराउन सकिने बताए । सामाजिक विकास मन्त्री नरदेवी पुनले आगामि दिनमा पनि आईएनएफ नेपालसँगको सहकार्य जारी रहने विश्वास व्यक्त गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width