मन्त्री चुमान राष्ट्रिय समाचार समितिको कार्यालयमा

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७६
minister hari chuman (2) (1)

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पोखरा नयाँ बजारस्थित राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री चुमानले कार्यालयबाट भैरहेको सेवा प्रवाहलगायतका विषयमा जानकारी लिएका थिए ।

प्रदेशको समाचार सम्प्रेषणमा सरकारी सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आगामि दिनमा अझै समन्वय र सहकार्यका साथ सरकार अघि बढ्ने बताए । सञ्चार क्षेत्रको विकासका लागि सञ्चारग्राम निर्माण गर्ने योजनाका साथ सरकार अघि बढेको उनको भनाई थियो । मन्त्री चुमानलाई रासस गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख वासुदेव पौडेलले गण्डकी प्रदेशको राजधानी पोखरासहित प्रदेश अन्तर्गत विभिन्न जिल्लामा राससमार्फत् भैरहेको समाचार सम्प्रेषणलगायतका विषयमा जानकारी दिएका थिए ।

प्रदेश सरकारका हरेक गतिविधिलाई समाचारका माध्यमबाट सम्प्रेषण गर्न रासस प्रतिवद्ध भएको बताउँदै प्रमुख पौडेलले आगामि दिनमा अफ्नै देश सरकारसँग थप समन्वय गर्दै अघि बढ्ने बताए । निरीक्षणका क्रममा मन्त्री चुमानलाई पोखरामा राससको कार्यालय भवन २०३५ सालमा बनेको र हाल जिर्ण अवस्थामा रहेका कारण पुननिर्माण आवश्यक रहेको जानकारी दिइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width