नेवाः मिसाका पदाधिकारीलाई सम्मान

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७६
nawa pucha

पोखरा, ४ फागुन । लेखनाथ नेवाः मिसा पुचको अध्यक्षतामा कास्की जिल्ला नेवाः मिसा पुचःका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमिति परिवारलाई शनिवार स्वागत एवं सम्मान गरिएको छ । लेखनाथ नेवाः मिसा पुचःका अध्यक्ष सरु श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा सम्पूर्ण कार्यसमितिका पदाधिकारीलाई सफलताको शुभकामना दिइएको थियो । जिल्ला मिसा पुचको कार्यबाट नै अरु सवै इकाईहरुले सिक्ने हुदां अझ बढी उर्जामय हुन अनुरोध गरेका थिए ।

त्यसैगरी उक्त कार्यक्रमको अवसरमा अर्घौ नेवा मिसा पुचका अध्यक्ष मिना श्रेष्ठबाट पनि जिल्ला नेवाः मिसा पुचःका कार्यसमितिलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा जिल्ला नेवाः मिसा पुचका अध्यक्ष मेनुका श्रेष्ठले सम्मानले थप जिम्मेवारी बोध बनाएको बताए । जिल्ला नेवा मिसा पुचका उपाध्यक्षद्वय संगिता बज्राचार्य र शान्ति प्रधानाङ्ग, महासचिव रेबिका श्रेष्ठ, उपमहासचिव किरण बिजुक्छे लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा धन्यवाद लेखनाथ नेवा मिसा पुचका उपाध्यक्ष मिना श्रेष्ठले गरेकी थिइन् । कार्यक्रम संचालन महासचिव पवित्रा श्रेष्ठले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width