आफ्नै प्रयासबाट लोकप्रिय-मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७६
pp1

पोखरा,४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार लोकप्रिय भएमात्र लोकतन्त्र बलियो हुने बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आइतवार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको अथक प्रयासबाट नै लोकप्रियता हासिल गर्न सफल भएको हो ।

संघ सरकारले प्रदेश सरकारलाई सधै दबाउन मात्र खोज्यो, मुख्यमन्त्री गुरुङले भने–दुई वर्षे अवधिमा प्रदेश सरकारले विभिन्न हण्डर र कष्ट भोग्नु पर्यो । संघ सरकारले कुल बजेटको १०–१२ प्रतिशत मात्र सातवटा प्रदेश सरकारलाई पठाउने गरेको छ त्यो प्रतिशत अत्यन्तै थोरै हो,अब देशको कूल बजेटको ३०–३३ प्रतिशत बजेट प्रदेश सरकारहरुलाई छुट्याउनु पर्छ उनले भने, संघीयतालाई लोकप्रिय र प्रभावकारी बनाउन प्रदेश सरकारलाई प्रयाप्त बिकास बजेट आवश्यक पर्छ ।

सरकारको दुई वर्षे अवधिमा आवश्यक कानून निर्माण भै सरकार भौतिक पूर्वाधार लगायतका हरेक क्षेत्रमा अघि बढीरहेको उनको दावी छ। गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्वपूर्ण आधार तयार भएको समीक्षा गर्दै दोस्रो वार्षिकोत्सव मनाइरहदा आम नागरिकमा अझैपनि संघीय शासन प्रणाली सफल हुने हो वा हैन भन्ने बारेमा शंका रहिनै रहेको भनाई मुख्यमन्त्री गुरुङको थियो ।
जनताको चाहना अनुसार नै सरकार प्रतिवद्ध भै अघि बढेको उल्लेख गर्दै उनले प्रदेशको समग्र विकासलाई लक्षित गरी पञ्चवर्षीय योजनाका साथै २५ वर्षे दीर्घकालिन योजना समेत तयार भैसकेको जानकारी उनले दिए । प्रदेशमा आर्थिक अनुशासन, सुशासन कायम गराउने कुरामा सरकार प्रतिवद्ध छ, उनले भने– प्रदेश भित्र सडक पूर्वाधार विकासका काम तीव्र बनेका छन्, खानेपानी, विद्युत जस्ता अत्यावश्यकीय सेवालाई घरघरमा पु¥याउने गरी काम भइरहेका छन् ।

घोषित कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने योजना अनुरुप गरिएको अध्ययनका क्रममा ५१ वटा स्थानीय तहमा यसको सम्भावना देखिएको र आगामी पाँच वर्ष भित्र उद्योग ग्राम स्थापना गरिने जानकारी उनले दिए । गण्डकी प्रदेशलाई पर्यटनको राजधानी घोषणा गर्न संघ सरकारसँग माग गरिएको पनी उनले जानकारी दिए ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जनभावना अनुरुप सरकार अगाडि बढ्न सक्दा प्राप्त हुने लोकप्रियता दिगो र विश्वासिलो हुने बताए । प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले जनताले गरेका अपेक्षालाई सम्बोधन गर्न नसक्दा तीन वर्ष पुग्दा समेत भाषणले मात्र बचाउनु पर्ने बचाउनु पर्ने अवस्था रहेको बताए । कार्यक्रममा प्रदेश सरकारद्वारा प्रकाशित गण्डकी प्रदेश सरकारका दुई वर्ष नामक पुस्तकको मुख्य मन्त्री गुरुङ र प्रदेश प्रमुख शेरचनले संयुक्त रुपमा लोकार्पण गरेका थिए । उक्त अवसरमा प्रदेश उत्कृष्ट कर्मचारीलाइृ सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width