सुनवलमा भारतीय कार दुर्घटना, १ को मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६
ACCIDENT-POKHARA

नवलपरासी, ३ फागुन । पश्चिम नवलपरासीको सुनवलमा शनिबार भारतीय कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।पश्चिमबाट पूर्व जाँदै गरेको युपी ३२ जेजे ३२५३ नम्बरको भारतीय कार अचानक अनियन्त्रित भई दुर्घटना हुँदा बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका २ निवासी ५५ वर्षीया रियाजुल मियाको निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारको क्रममा अञ्चल अस्पताल बुटवलमा निधन भएको हो ।दुर्घटनामा परी अन्य सात जना घाइते भएको र उनीहरुको अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width