जापानीज धावक ताकानाशी योशिकीले जिते १४ औं संस्करणको सफल पोखरा म्याराथन

नारायण शाही
फागुन ३, २०७६
Plyaer

पोखरा । जापानीज धावक ताकानाशी योशिकीले १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन जितेका छन् । भुतपूर्र्व खेलाडी मञ्च पोखराले आयोजना गरेको यस संस्करणको म्याराथनमा ताकानाशीले ४२ दशमलव १९५ कि.मी.को निर्धारित दूरीलाई २ घन्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै म्याराथन जितेका हुन् ।

त्यस्तै, एपीएफका किरणसिंह बोगटी यस म्याराथनमा दोस्रो बने । हालैमात्र नेपालमै सम्पन्न १३ औं साग खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता किरणले निर्धारित दूरीको म्याराथनलाई २ घन्टा २८ मिनेट ०८ सेकेन्डमा पूरा गरे ।

भारतीय सेनाका अनिष थापामगर यस म्याराथनमा तेस्रो बने । अनिषले निर्धारित दूरीलाई २ घन्टा, २९ मिनेटमा पूरा गरे ।
त्यस्तै, १० कि.मी.को पुरुष दौडमा स्याङ्जाका पूर्णबहादुर कार्की पहिलो बने । पूर्णबहादुरले निर्धारित १० कि.मी.को दूरीलाई ४० मिनेट ४२ दशमलव ९२ सेकेण्डमा पूरा गरे ।

त्यस्तै, मोरङका याङदेन राई उक्त स्पर्धामा दोस्रो बने । याङदेनले निर्धारित दूरी ४० मिनेट ५९ दशमलव २० सेकेण्डमा पार गरे । पर्वतका आशिष कुँवर तेस्रो बने । आशिषले निर्धारित दूरीलाई ४१ मिनेट ४० दशमलव ७० केकेण्डमा पार गरे ।

म्याराथन अन्तर्गतको १० कि.मी.को महिलातर्फको दौडमा धरानकी इन्द्रकला राई प्रथम बनिन् । ईन्द्रकलाले निर्धारित १० कि.मी.को दूरीलाई ५१ मिनेट २० दशमलव ७३ सेकेण्डमा पूरा गरे ।

महिलातर्फकै उक्त स्पर्धामा सोलुखुम्बुकी अनिता राई दोस्रो बनिन् । अनिताले निर्धारित दूरीलाई ५८ मिनेट २७ दशमलव ४६ सेकेण्डमा पूरा गरिन् । त्यस्तै, अमेरिकाकी वेन्डी उक्त स्पर्धामा तेस्रो बनिन् । वेन्डीले निर्धारित दूरीलाई ५४ मिनेट ४७ दशमलव ४६ सेकेण्डमा पूरा गरिन् ।

छात्रतर्फको ५ कि.मी.को दौड विनोद गुरुङले जिते । विनोदले निर्धारित ५ कि.मी.को दूरी १७ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै पहिलो बनेका हुन् ।

त्यस्तै, विजय परियार उक्त स्पर्धामा दोस्रो बने । विजयले १७ मिनेट ५५ सेकेण्डमा निर्धारित ५ कि.मी.को दूरी पार गर्दै दोस्रो बनेका हुन् ।
प्रदीप भुजेलले निर्धारित ५ कि.मी.को दूरीलाई १७ मिनेट ५८ सेकेण्डमा पार गर्दै तेस्रो बने ।

त्यसैगरि, छात्रातर्फको ५ कि.मी.को दौडमा बिष्णु बि.क. ले जितिन् । बिष्णुले निर्धारित दूरीलाई २० मिनेट ६० सेकेण्डमा पूरा गर्दै उक्त स्पर्धाको दौड जितेकी हुन् ।

प्रतिक्षा सुवेदीले उक्त दूरीलाई २५ मिनेट ३० सेकेण्डमा पूरा गर्दै छात्रातर्फ दोस्रो बनिन् ।

त्यस्तै, माधुरादेवीले निर्धारित दूरीलाई २६ मिनेट ३५ सेकेण्डमा पूरा गर्दै तेस्रो बनिन् ।

तस्बीर सुदर्शन रञ्जित

Related News

सम्बन्धित समाचार

hero news full width