मृर्गाैला पीडित मीनालाई सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६
Arjun apil

पोखरा । मृर्गौैला पीडित पोखरा ३३, ठूलोपाखा निवासी मीना पुनलाई आर्थिक सहयोग गरिएको छ ।नेपाली जनसम्पर्क मञ्च ओमानबाट उनलाई आर्थिक सहयोग जुटाइएको छ । पोखरा ३३ का डम्बरबहादुर पुनको पहल, बमबहादुर पुन र छविकुमार पुनको व्यवस्थापनमा ५० हजार सहयोग गरिएको छ ।

विगत १ वर्षदेखि दुबै मृर्गौला फेल भएपछि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको उपचार भैरहेको छ । अस्पतालमा नै पुगेर आमा बिमला पुनलाई सो रकम हस्तान्तरण गरिएको थियो । उनको उपचार सहयोगार्थ विभिन्न संघसंस्थाको पहलमा आर्थिक सहयोग प्रदान गरिएपनि अझै रकम अभाव भएको बताइएको छ । यसअघि इन्द्रेणी कार्यक्रम, लामेआहाल, ठूलोपाखा, तल्लो गगनगौडा र लामगादीलगायतका स्थानबाट पनि आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width