श्रीराम टोल विकास संस्थाको सातौं अधिवेशन

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६
tol

पोखरा, २ फागुन । पोखरा–८ श्रीराम टोल विकास संस्था तल्लो सिमलचौरको सातौं अधिवेशन तथा अठारौं साधारणभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले सानातिना कार्ययोजना सम्पन्न गर्न बजेटको अभाव नहुने र यस टोललाई नमूना टोलको रुपमा विस्तार गर्नको लागि सम्पूर्ण टोलबासीहरुमा अनुरोध गर्दै अधिवेशन तथा साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे ।

उक्त अवसरमा विशेष अतिथि पशुपतिनाथ मन्दिरका अध्यक्ष श्रीराम बराल, उपाध्यक्ष दामोदर सिग्देल, बरिष्ठ समाजसेवी शिवप्रसाद चालिसे, सल्लाहकार सन्तुमाया गिरी, मणिलाल चालिसे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा २०७५।०७६ को प्रगति विवरण र आगामी वर्षको कार्ययोजना सचिव सरिता रेग्मी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भगवती पौडेलले प्रस्तुत गरेका थिए । अधिवेशनले आगामी कार्यकालका लागि दामोदर सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा इन्दिरा थापा, सचिव राजकुमार चालिसे, कोषाध्यक्ष दलबहादुर जिसी, सहसचिव निर्मल पौडेल, सहकोषाध्यक्ष गायत्री सिग्देल र सदस्यहरुमा कल्पना पोख्रेल, निरु पुन, मञ्जु गौतम, माया पहारी, विमला बसेल र मिना चालिसे रहेका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा सन्तुमाया गिरी, शिवप्रसाद चालिसे, मणिलाल चालिसे, सरिता रेग्मी, कृष्णमाया पौडेल, भगवती पौडेललाई चयन गरिएको थियो । संस्थाका अध्यक्ष विसिना लम्सालको अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन सचिव सरिता रेग्मीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width