सुन्दरबजारमा सांस्कृतिक महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६
sunderbazar fastival

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ६ स्थित जिल्लाकै मुख्य व्यावसायिक क्षेत्र सुन्दरबजार सांस्कृतिक महोत्सवको तयारी गरिएको छ । त्यसको आयोजक समिति साङ्दो पल्री बौद्ध गुम्बा समाज, सुन्दरबजारको आयोजनामा उक्त १० दिने सांस्कृतिक महोत्सव हुने भएको आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो जानकारी दिएको हो ।

‘स्थानीय कला संस्कृतिको संरक्षण, उद्योग, व्यापार र आन्तरिक पर्यटनको प्रवद्र्धन’ नाराका साथ आयोजित उक्त महोत्सव यही फागुन १९ गतेदेखि २८ गतेसम्म दश दिनसम्म सञ्चालन हुन भएको महोत्सवको मूल आयोजक समारोह समितिका सचिव एवम् सचिवालयका संयोजक खेम गुरुङले बताए । उनका अनुसार महोत्सव सफल बनाउन एक सय पाँच सदस्यीय मूल आयोजक समिति, ३४ वटा उपसमिति गठन गरिएको छ ।एक सय ५० स्टल रहने महोत्सव स्थलबाट हुने कुल मुनाफाको दुई प्रतिशत सामाजिक कार्य जिल्लामा सञ्चालित जेष्ठ नागरिक आश्रम, बाल केन्द्र र मानव सेवा आश्रमका लागि प्रदान गरिने भएको मूल आयोजक समितिका सहसंयोजक सुवेदार रणबहादुर गुरुङले बताए । उनले भने, ‘महोत्सवको अन्य मुनाफा रकमले सार्वजनिक बौद्ध गुम्बा निर्माणका लागि घडेरी किन्ने कार्यमा खर्चिने छ ।’

विगतमा सुन्दरबजारमा उद्योग वाणिज्य संघको इकाईले दुई दुई वर्षमा महोत्सव गर्दै आएको थियो तर यो वर्ष त्यो महोत्सव नहुने भएको हुँदा सांस्कृतिक महोत्सवको आयोजना गरिएको मूल आयोजक समारोह समितिका संयोजक भोजबहादुर गुरुङले बताए । उनका अनुसार मुख्य आयोजक गुम्बा समिति भएता पनि आयोजक समितिमा सुन्दरबजार क्षेत्रमा रहेको सबै प्रकारका समाजका अध्यक्षहरूलाई मुल समितिको सदस्यमा राखिएको छ र सबै समाजका सांस्कृतिक झाँकी तथा नाच गीत प्रस्तुत गर्ने कार्यक्रम छ । उनले भने, ‘महोत्सवका अवसरमा गुरुङका सांस्कृतिक नाचका अतिरिक्त नेवारी नाच, मगरको कौरा, ब्राह्मण र क्षेत्री समाजको बालुन तथा भजन, कुमालको पाउदुरे नाच आदि प्रदर्शन गरिनेछ ।’

महोत्सवका अवसरमा खुल्ला दोहोरी गीत प्रतियोगिता र जिल्लास्तीय माविको नृत्य प्रतियोगिता गरिने छ । यसले पनि लमजुङको संस्कृतिका साथै अन्य जातजातिको सांस्कृतिक नाच उक्त अवसरमा प्रदर्शनको कार्यक्रम तय भएको अतिथि सत्कार उपसमितिका संयोजक सुकमाया गुरुङले बताइन् । उनका अनुसार बाल उद्यान, स्थानीय उत्पादन तथा हस्तकलाका सामग्री प्रदर्शन र विक्रीको प्रवन्ध समेत गरिएको छ ।
उक्त महोत्सवमा ३१ लाख ९० हजार खर्च हुने अनुमान गरिएको छ भने डेढ लाख मानिसले अवलोकन गर्ने र ५ करोड माथिको कारोबार हुने अनुमान गरिएको अर्का सहसंयोजक काशी गुरुङले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width