एफएम रेडियो मर्ज गर्न बहस आवश्यक

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
redio-wards-airline-de-banda-corta-D_NQ_NP_814655-MLM26768162963_022018-F

पोखरा । बीसवर्ष अघि देशैभरी एफएम  रेडियो खोल्ने क्रम तीब्र बन्यो । एफएम रेडियोको प्रभावकारिता पनि त्यति नै । एफएम संचालन गर्न होडवाजी नै चल्यो, देशका हरेक शहरदेखि गाउँसम्म रेडियो खुल्ने क्रमम रोकिएन, केही वर्षयता देशको अर्थतन्त्रमा आएको मन्दीसँगै एफएम रेडियो, टिभी, र पत्रपत्रिकाको विज्ञापनमा नराम्ररी धक्का लाग्यो ।

पछिल्लो समय जसरी बैक तथा वित्तीय संस्था मर्ज भइरहेका छन् त्यसरी नै एफएम रेडियो पनि मर्ज गर्ने कि भन्ने विषयमा वहस शुरु भएको छ । ९ औं विश्व रेडियो दिवसको अवसरमा पोखरामा विहीवार आयोजित कार्यक्रमसँगै त्यस्तो वहस शुरु भएको हो । ब्रोर्डकास्टिङ एशोसियसन अफ नेपाल (बान)ले पोखरामा गरेको कार्यक्रममा एफएम रेडियो सञ्चालक र संचारक्षेत्रसँग सम्बन्धित व्यत्तित्व सहभागी थिए । ब्रोर्डकास्टिङ एशोसियशन अफ नेपालका निवर्तमान अध्यक्ष गोपालकुमार झाले वर्तमान परीपेक्ष्यमा रेडियोको भूमिका र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्दै एफएम रेडियोलाई व्यवस्थित, प्रभावकारी र खर्च व्यवस्थापनमा समेत टेवा पु¥याउन मर्ज पनि गर्न सकिने उल्लेख गरे ।

०४७ सालपछि भैहाल्छ, चलिहान्छ नि भन्ने मानसिकताका कारण धेरै संख्यामा एफएम रेडियो सञ्चालन भएको उनको भनाइ छ । उनका अनुसार, करीब ७ सय संख्यामा एफ्एम् रेडियो सञ्चालनमा छन् । पोखरामा पनि तीन दर्जन भन्दा बढी एफ्एम् रेडियो छन् । थोरै संख्या रेडियो मात्र आवश्यक रहेको पोखरामा त्यति धेरै रेडियो आवश्यक नरहेको औल्याइयो ।

सञ्चार क्षेत्र समेत हेर्ने गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले विश्वमा रेडियोले पु¥याएको योगदानलाई बिर्सन नदिन रेडियो दिवस मनाइएको चर्चा गरे । प्रदेश सरकार आफैले पनि टिभी, रेडियो र प्रेस चलाउन विषयमा बहस चलाएपनि त्यसमा निजी क्षेत्रलाई नै प्राथमिकता दिएर टिभी, रेडियो र प्रेस सञ्चालन गर्न दिँदा राम्रो हुने भन्दै त्यस्तो बहस रोकिएको बताए । उनले सरकार र पत्रकार दुबैको काम जनताको राम्रोको लागि सोच्ने भएकाले सहकार्य गर्दै अघि बढ्नुपर्ने औल्याए । मन्त्री चुमानले थोरै बजेटका कारण सबै सञ्चारमाध्यमलाई न्याय गर्न नसकिएको भन्दै आगामि दिनमा संचार क्षेत्रको बजेट बढाउन आफू सक्रिय हुने भनाई छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव गोपीचन्द्र रेग्मीले अझै पनि ग्रामिण क्षेत्रको सूचनाको माध्यम रेडियो मात्र भएको बताए ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले बिना अध्ययन एफ्एम् रेडियो सञ्चालन गर्दा धान्न गाहे भएको उल्लेख गरे । नेपाल प्रेस युनिययनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले सञ्चार क्षेत्र दुब्लाउदै गएको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा बान महासचिव दुर्गा अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेल, बान केन्द्रीय सदस्य हिरा भट्टराई, पोखरा उद्योग वाणिज्य संघकी सदस्य मुनाकुमारी बास्तोला लगायतले बोलेका थिए ।

नेपाल पत्रकार महासंघकी पूर्व केन्द्रीय सदस्य दुर्गा भण्डारी, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, क्रियाशील महिला पत्रकार समूह गण्डकी अध्यक्ष सरिता तिमिल्सिना, संचारिक समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी, अधिकारकर्मी शिव खकुरेल, बिना सिलवालले सञ्चार क्षेत्रले व्यहोर्नु परेका विविध कठिनाइ बारे धारणा राखेका थिए । वान गण्डकी प्रदेश संयोजक किरण लोहनीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक सागर पोखरेलले स्वागत र सचिव कमल बरालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width