लेउवा संघको सहकारी प्रशिक्षण

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
lakhanath chimber

लेखनाथ १ फागुन । लेखनाथ उद्योग बाणिज्य संघले लेखनाथ नगर क्षेत्र भित्र रहेका सहकारीका अध्यक्ष र ब्यवस्थापकलाई एक दिवसीय प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।

सहकारीको मूल्य र मान्यताका बारेमा जानकारी दिदै सहकारीलाई कसरी आर्थिक समिद्धको वाटो तर्फ अग्रसर गराउन सकिन्छ भने उद्देश्यका साग राखिएको कार्यक्रमको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत बदी्रनाथ अधिकारीले गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रशासकीय अधिकृत अधिकारीले आर्थिक समिद्धका लागि सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै परम्परागत शैलीमा होइन आधुनिक सीप र प्रविधिको प्रयोग गर्दै उत्पादनशील क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राखेका थिए ।सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले राज्यले अवलम्वन गरेका नीति तथा नियमको पालना गर्दै यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासका लागि सहकारीको भूमिका महत्वपुर्ण रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी शाखाका सदस्य भीमगुरुङ,भूमि ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयका अधिकृत सागर खनाल लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रम सहकारी तथा वित्तीय संघ संस्था समन्वय समितिका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको थियो ।यसैबीच पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नियुत्ति भएका बद्रीनाथ अधिकारीलाई लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट स्वागत तथा सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width