९२ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
siddhathra club

फागुन १ पोखरा । पोखरा–४ मानवअधिकार चोकमा आयोजित रक्तदान कार्यक्रमा ९२ युनिट रगत संकलन भएको छ ।

रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोगमा सिदार्थ क्लबद्वारा आयोजित तथा विभिन्न संघ संस्थाको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । विहीवार आयोजित कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश, प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले प्रथम रक्तदाता भवानी माकाजूलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले सिद्धार्थ क्लबका सामाजिक कार्यक्रमहरुको प्रशंसा गर्दै रक्तदान कार्यक्रमले जनमानसमा रक्तदान गर्न प्रोत्साहन गर्नुका साथै समाजमा आवश्यक रगत परिपूर्ति गर्न सहयोग गर्ने कुरा व्यक्त गरे ।

रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्न सहयोग गर्दै क्लबले स्थापनाकालदेखि नै नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको प्रति थापाले आभार व्यक्त गरे। सभाध्यक्ष पार्वती माकाजूले धन्यवाद प्रकट गर्नुको साथै स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रमोद नारायण श्रेष्ठले राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width