दोस्रो जनजाति सांस्कृतिक महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
Aadibasi-Mahotsav 76 (1)

लमजुङ । लमजुङको जिल्ला सरदमुकाम बेसीशहरमा दोस्रो जनजाति सांस्कृतिक महोत्सव गरिने भएको छ । आयोजक आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी दिएको हो ।

महोत्सवको नारा ‘मौलिक संस्कृति, भाषा र सभ्यता हाम्रो पहिचान, एकता, समान अधिकार र आर्थिक समृद्धिका लागि पर्यटन’ राखिएको परिषद्का जिल्ला अध्यक्ष हरिजङ तामाङले पत्रकारलाई बताए । उनका अनुसार यही फागुन २३ गतेदेखि २ चैतसम्म महोत्सव हुनेछ ।

महोत्सवमा आदिवासी जनजातिहरूको पृथक मौलिकता, ऐतिहासिक सभ्यता र बहुआयामिक संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकास गरी सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष तामाङले बताए । उनका अनुसार महोत्सवको मुख्य आकर्षणमा प्रत्येक दिन आदिवासी समुदायहरूको फरक–फरक सांस्कृतिक प्रस्तुति तथा प्रतियोगिता हुनेछ । उनले भने, ‘लमजुङमा आदिवासी जनजाति समुदायका नौवटा समिति छन्, ती सबैको पहिचान जोगाउन र भ्रमण वर्ष २०२० सफल बनाउन महोत्सव गरिन लागेको हो ।’

महोत्सवका अवसरमा मस्र्याङ्दीमा र्याफ्टिङ, विभिन्न जातजातिको सांस्कृतिक घरसहित मौलिक खाना र खाजाका परिकार, जन्मदेखि मृत्युसम्मको संस्कारमा चाहिने सामग्री, पोशाक लगायतको प्रदर्शनी गरिने अध्यक्ष तामाङको भनाई छ । उनका अनुसार स्थानीय भाषा, कला र संस्कृतिको प्रवद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न, ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्ने उद्देश्यका साथ महोत्सवको तयारी गरिएको हो ।

महोत्सव सफल बनाउन ३५ सदस्यीय मूल समिति, नौवटै समुदाय सहआयोजक र ४० वटा विभिन्न उपसमिति गठन गरिएको उनले जानकारी दिए । उनले भने, ‘साँस्कृतिक तथा पर्यटन महोत्सवमा नमूना जिवित वस्तीको भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रदर्शन, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार, प्याराग्याइडिङ, कार्यशाला गोष्ठी, आदिवासी जनजातिको अधिकार विषयक गोष्ठी, आदिवासी जनजातिहरूको संग्रहालय तथा मौलिक खाना, हरेक जातिको संस्कृतिक प्रदर्शनी हुने प्रचार प्रसार उपसमितिका संयोजक एवम् जनजाति पत्रकार संघ(फोनिज)का जिल्ला अध्यक्ष कृष्ण आलेले जानकारी दिए । उनका अनुसार महोत्सवको सहआयोजकको रूपमा तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद, नेपाल तामाङ घेदुङ, नेवाः देय् दवू, नेपाल मगर संघ, कुमाल समाज संरक्षण समिति, दुरा सेवा समाज, चेपाङ समाज, भुजेल समाज र ह्योल्मो समाजको जिल्ला समितिहरू रहेको छ । महोत्सवको अनुमानित खर्च ६८ लाख रहेको उनले बताए । महोत्सवको आम्दानीको रुपमा स्टल भाडा, टिकट बिक्री, प्रायोजक, व्यवसायिक व्यानर, बाल उद्यान लगायत रहने छन् ।

महोत्सवको मुल उद्देश्य जातीय पहिचान र संस्कृति जोगाउन लमजुङका आदिवासी जनजातिहरूले साँस्कृतिक एवं पर्यटन महोत्सव गर्ने तयारी गरिएको कृष्ण आलेले बताए । उनका अनुसार बेसीशहर नगरपालिका– ८ को दनाइफाँटमा ‘आदिवासी जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव’ गरिने छ । उनले भने, ‘महोत्सवमा कृषि उत्पादन, घरेलु हस्तकला, खाना, पुस्तक प्रदर्शनीसहित १ सय ७५ स्टलहरू राखिने भएको छ ।’

जनजाति समुदायको मौलिक पन र पृथक पहिचालनाई आत्मसाथ गरी निरन्तर जीवन्त गराउने उक्त आयोजकको भनाई छ । महोत्सव अवधिभर दुई लाख पर्यटकले अवलोकन गर्ने र दुई करोडको कारोबार हुने अपेक्षा गरिएको छ । स्मरणीय छ, यसअघि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङको आयोजनामा २०६७ माघ महिनामा पहिलो जनजाति महोत्सव गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width