पूँजीगत खर्च सन्तोषजनक भएन-अर्याल

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
cdo padma

स्याङ्जा । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले चालु आर्थिक वर्षमा पनि पूँजीगततर्फको बजेट सन्तोषजनकरुपमा खर्च नभएकोमा चिन्ता ब्यक्त गरेकी छन ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा बिहीवार आयोजित स्याङ्जा जिल्लाको विकास सम्बन्धी छलफल कार्यक्रमपछि सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन् ‘बिकास बजेट खर्च नै नभई कसरी विकास र समृद्धि हुन्छ । पैसाको अभाव छैन, काम किन हुन सकेनन् ।’ बजेट छलफलपछि आफु झनै संवेदनशील बनेको बताउदै सबैको चाहना पुरा गर्ने योजना भन्दा आवश्यकतामुखी योजना पहिचान गर्दे सम्पन्न गर्न मन्त्री अर्यालको सुझाव छ । योजना प्रयाप्त भएको बताउदै उनले कार्यान्वयनमा उदासिनता देखिएको जनाईन । कार्यान्वयन गर्ने कर्मचारी र कर्मचारीसंगै जोडिएका जनप्रपतिनिधि, राजनीतिक दलहरु सबैको सहकार्य भएमा विकास निर्माणले गति लिनेमा उनको जोड छ ।

एउटै ब्यक्तिले धेरै विकासे योजना कब्जा गर्ने कार्यले विकासले गति लिन नसकेको बताइन । ‘प्रक्रियागत केही त्रुटीहरु पनि छन्’ उनले थपिन् ‘खरिद ऐन संशोधन अव एक बर्षभित्र सम्पर्कमा नआउने ठेकेदारसंगको सम्झौता तोडिन्छ ।’सबैको सहकार्य र एकताले मुलुकमा ठूल्ठूला राजनैतिक र ब्यवस्था परिवर्तन भएको जनाउदै सवै राजनीतिक दलको सहमति र एकताले फेरि मुलुकको समृिद्धमा जुट्नुको बिकल्प नरहेको मन्त्री अर्यालको भनाई छ । सबै जुटौं, नतिजा देखिनेगरी काम गरौं उनको आग्रह थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्यालले चालु आर्थिक वर्षमा जिल्लामा भए गरेका विकास निर्माणका बारेमा जानकारी गराएका थिए । कालीगण्डकी ए जलबिद्युत केन्द्रका प्रमुख प्रशन्नमुनी ताम्राकार, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामप्रसाद पुडासैनी, सडक डिभिजन कार्यालयका प्रमुख सुनीलबाबु पन्त, प्रदेश पूर्वाधार विकास कार्यालय प्रमुख शोभियत खडका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेल लगायतले आ आफना कार्यालयका आयोजना, बजेट कार्यान्वयन तथा समस्याका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width