यु–१८ सर्किट–२ टेनिसमा नेपालकी प्रेरणा र अभिलाषा सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
Prerana Koirala

Prerana Koirala of Nepal returns to Arshia Ahmed of India during their girls’ singles match of the Kesha Group-ANLTA Junior Ranking Tour U-14 Circuit-I Tournament at the Tennis Complex in Satdobato, Lalitpur on Tuesday, September 6, 2016. Photo: Udipt Singh Chhetry/THT

पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा  भएको महिलातर्फको एकल खेलमा नेपाली खेलाडीहरुले राम्रो नतिजा निकालेका छन् ।

महिलातर्फका एकल खेलमा नेपालकी प्रेरणा कोइराला र अभिलाषा बिष्टले राम्रो प्रदर्शन गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा नेपालकी प्रेरणा कोइरालाले नेपालकै सलोनी तामाङमाथि ७–६ (५) र ६–३ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएकी छन् ।

त्यस्तै, दोस्रो खेलमा नेपालकी अभिलाषा बिष्टले जापानकी आओका नागासावाको चुनौतिलाई ६–१ र ६–४ ले पन्छाउँदै सेमिफाइनलका लागि स्थान पक्का गरिन् । महिलातर्फकै एकलमा भारतकी गार्गी पावरले चीतकी शुआङ लिआङमाथि ६–२ र ६–२ कै जित निकाल्दै सेमिफाइनल प्रवेश गरिन् ।

महिलातर्फको अन्तिम क्वाटरफाइनल खेलमा सिंगापुरकी देआन्ने चूले चीनकी हुआई झाङमाथि ७–५ र ६–२ को सहज जित निकाल्दै सेमिफाइनल पुगिन् । सेमिफाइनलमा प्रेरणा कोइरालाले भारतकी गार्गी पावरसँग र अभिलाषा बिष्टले सिंगापुरकी देआन्ने चूसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, पुरुषतर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी जैस्भीन सिधानाले भारतकै टोरस रावतलाई ६–२, ६–१ को सेटमा पन्छाए । अर्को खेलमा भारतीय खेलाडी कृष्ण हुदाले जापानका सातोरु नाकाजिमालाई ६–२ र ६–३ ले पराजित गरे ।

पुरुषतर्फकै अर्को एकल खेलमा जापानका शोगो सनाडाले भारतीय खेलाडी आर्यन लक्ष्मणलाई ६–७ (४), ६–० र ६–४ को सेटले पराजित गरे । पुरुषकै एकलतर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी अमन दहियाले जर्मनीका पउल अर्मिन अलब्रेच्टमाथि ६–३, र ६–३ कै सोझो सेटमा जित निकाले ।

महिलाको डबल्सतर्फ भारतकी गार्गी परवर र हृदय शाको जोडीले मलेसियाकी हुई ईल सू र नेपाली खेलाडी सलोनी तामाङको जोडीलाई ६–४ र ६–३ को सेटले पन्छाउँदै फाइनल प्रवेश गरेका छन् ।

अर्को खेलमा हङकङकी ईरिका कन्ना हगी र भारतकी रिया उबोभेजाको जोडीले नेपालकी अभिलाषा विष्ट र ईरा मेहरनिस्सा रावतको जोडीलाई ६–३, ६–२ को सेटले पन्छाउँदै फाइनल पुगेका छन् ।

पुरुषतर्फको डबल्स प्रतिस्पर्धामा दुवै भारतीय टिम फाइनल प्रवेश गरेको छ । भारतीय खेलाडीहरु आदित्य वरदान राय चौधरी र जैश्भीन सिधानाको जोडी तथा भारतकै अमन दहिया र हीरक भोराको जोडीले फाइनलमा आमने–सामने हुने भएका छन् ।

डबल्सतर्फको पहिलो सेमिफाइनल खेलमा भारतका आदित्य वरदान राय चौधरी र जैश्भीन सिदानाको जोडीले जापानका सातोरु नाकाजिमा र शोगो सनादाको जोडीलाई टाइब्रेकमा ३–६, ६–१ र १०–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका छन् ।

त्यस्तै, दोस्रो खेलमा भारतकै अमन आदित्य र हीरक भोराको जोडीले जापानकाम योशिनोबु नाकात्सुजी र ताकुमी वातानाबेको जोडीमाथि टाइब्रेकमै ४–६, ६–२ र ११–९ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width