कैलाश विकास बैंकद्वारा डस्टविन बितरण

आदर्श समाज सम्वाददाता
फागुन १, २०७६
kailash Bank Photo

पोखरा, १ फागुन । कैलाश विकास बैंक लिमिटेडले पोखरा– १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टविन वितरण गरेको छ ।

वातावरणलाई सफा र स्वच्छ राख्नका लागि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सो सहयोग प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए । विहीबार एक कार्यक्रमकाबीच बैंकले चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । टोल विकास संस्थाका अध्यक्षले बैंकले गरेको सहयोगको प्रसंशा गर्दै टोललाई सफा राख्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैंकले हालसम्म देशमा १०२ वटा शाखा र ४१ वटा एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । उक्त बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंकसंग एक्विजिसन भई “क” वर्गको बैंकबाट बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width