सवारी दुर्घटनामा दडालको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन १, २०७६
ACCIDENT-POKHARA

पोखरा, १ फागुन । पोखरा–५ जिरो किलो मिटरमा विहीवार बिहान सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

ग १ज ४०९७ नं को ट्याक्सी र ग १० प २५५५ नं को मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दार्चुला जिल्ला घरभई हाल पोखर–६ खहरे बस्दै आएका ३५ वर्षीय पदम सिंह दडालको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारकै क्रममा विहीवार मृत्यु भएको हो ।

त्यसैगरी उक्त मोटरसाइकल चालक पोखरा–८ न्यूरोड निवासी २४ वर्षीय आशिष भुजेल घाइते भएका छन् । घाइते भुजेलको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । प्रहरीका अनुसार ठक्करदिने ट्याक्सी र चालक प्रहरी नियन्त्रणमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width