न्यानो कपडा वितरण

आदर्श समाज सम्वाददाता
माघ २८, २०७६
lions annapurna

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णले शिव मावि, बन्दीपुर–३, सेराटारका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।कक्षा १ देखि १० सम्मका १ सय ३४ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
क्लबलाई वेष्टन सिडनी युनिर्भरसिटी अष्टे«लियाबाट ७० हजार रुपैयाँ बराबरको सो सहयोग प्राप्त भएको हो ।

बन्दीपुर गाउँपालिका वडा ३ का अध्यक्ष हस्तबहादुर जिसीले कार्यक्रम उद्घाटन गर्दै पिछडिएको यस गाउँका विद्यालयमा विदेशी सहयोग ल्याई पु¥याउने लायन्स क्लब अन्नपूर्णप्रति आभार व्यक्त गरे ।विद्यालय ब्यबस्थापन समिति अध्यक्ष लीला गिरीले सहयोगले निकै राहत महसुस गरेको बताए ।लायन्स क्लब पोखरा अन्नपूर्णका संस्थापक उपाध्यक्ष ध्रुव श्रेष्ठले लायन्स क्लब मानवीय सेवामा शिक्षा स्वास्थ्यमा सधैँ अगाडि बढेर काम गर्ने संस्था भएको बताए ।

सो अवसरमा परियोजना निर्देशक तथा लायन्स क्लब अन्नपूर्णका सल्लाहकार सोनाम साङ्पोले क्लबले अब मुस्ताङको छैरो भू–क्षय रोक्न ग्याविलिङ वाल र मार्फामा न्यानो कपडा वितरण कार्यक्रम रहेको जानाकारी दिए ।कार्यक्रममा विद्यालय प्रअ दीप खत्रीले विद्यालयलाई यति ठूलो सहयोग गरेकोमा लायन्स क्लब अन्नपूर्ण र विदेशी संस्थालाई धन्यवाद दिएको जानकारी क्लब सचिव गणेश छविले जनाए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…
  • लायन्स डिस्ट्रिक्क ‘जे’ को गभर्नरमा मीलन थापा

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालको डिष्ट्रिक्ट गभर्नरमा मिलन थापा चुनिएकी छन् । शनिबार पोखरामा सम्पन्न…
  • लायन्स आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र १, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले मंगलबार मानव सेवा आश्रम हेमजामा खाद्यान्न सामग्री सहयोग गरेको छ । त्यहाँ…
  • रोटरी युथ लिडरसिप अवार्डबाट नौलो अनुभूति

    आदर्श समाज सम्वाददाता माघ ४, २०८०
    पोखरा । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत रोटरी युथ लिडरसिप अवार्ड (राइला) सम्पन्न भएको छ । चारदिने कार्यक्रमबाट आफूहरुमा…

hero news full width