रोटरी किड्नी केयर सेन्टर शिलान्यास

आदर्श समाज सम्वाददाता
माघ २७, २०७६
ggggggg

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा–७, मुस्ताङचोकमा निर्माण गर्न लागेको रोटरी किड्नी केयर सेन्टर शिलान्यास भएको छ ।

भवनको आइतबार शिलान्यास गर्दै गण्डकी प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङले गरे । उनले सेन्टर स्थापनामा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले हालसम्म ६५ वटा मेसिन वितरण गरिसकिएको र आफ्नो कार्यकालमा १ सय ५० वटा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।रोटरी इन्टरेशनल प्रेसिडेन्ट रिप्रिजेन्टेटिभ आन ब्रिट अस्वेलले पोखरा सुन्दर सहरको उल्लेख गर्दै यहाँ बन्ने सेन्टरको सफलताको शुभकामना दिइन् ।

कार्यक्रममा प्रदेश सांसद राजीव पहारी, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वडा ७ अध्यक्ष रामचन्द्र बराल लगायत बोलेका थिए । रोटरी क्लब अफ पोखरा लेकसाइड अध्यक्ष घराना थकालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका प्रेसिडेन्ट इलेक्ट अर्जुन खनालले गरेका थिए । समारोहमा रोटरीका पास्ट गभर्नर चिन्तामणि भट्टराई, योगेन्द्र प्रधान, तीर्थमान शाक्य लगायत थाइल्याण्ड र जापानका रोटरियनको पनि उपस्थिति थियो ।

सुरुवातमा १० मेसिन राखेर निर्माण हुने सो सेन्टरको लागत प्रारम्भमा २ करोड ७८ लाख रुपैयाँ लाग्नेछ । पछि तीनतले आरसिसि बिल्डिङमा थप २० मेसिन संचालन गर्दा ६ करोड ८७ लाख सहित कुल ९ करोड ६५ लाख रुपैयाँ खर्च हुने निर्माण समिति संयोजक राजेन्द्र लिगलले जानकारी दिए । डायलायसिस मेसिन रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानले सहयोग गर्ने छ । सेन्टरको प्रारम्भिक संरचना चालु आर्थिक वर्षभित्र सक्ने योजना छ । पोखरा उपत्यका नगर विकास समितिले दिएको ३ रोपनी ४ आना जग्गामा निर्माण हुने सेन्टरले वार्षिक ३ लाख ९० हजार भाडा बुझाउपर्ने सम्झौता रहेको निर्माण समिति संयोजक लिगलले जानकारी दिए । तीन वर्षअघि स्थापित रोटरी क्लब अफ पोखरा लेकसाइडले यसअघि रेडक्रस कास्कीलाई एम्बुलेन्स सहयोग गरेको थियो ।

..

Related News

सम्बन्धित समाचार

hero news full width